समाचार

सुनको मुल्यमा गिरावट

काठमाडौं ,१९ माघ । पछिल्ला तीन दिनयता लगातार सुनको मूल्य घट्दै आएको छ। हालसम्मकै उच्च ३ लाख ३९ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य सोमबार पनि घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारयता सुनको मूल्यमा … Continue reading सुनको मुल्यमा गिरावट

थप पढ्नुहोस् »

रुसको ड्रोन आक्रमणबाट १२ जना मजदुरले मृत्यु

काठमाडौं,१९ माघ । युक्रेनको निप्रो सहरमा खानी मजदुर बोकेको बसलाई लक्षित गरी रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ।युक्रेनी आपत्कालीन सेवाका अनुसार आइतबार भएको आक्रमणमा अन्य सात जना घाइते भएका छन्। आक्रमणपछि बसमा लागेको आगोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईकेले उक्त बस आफ्नो भएको पुष्टि गर्दै … Continue reading रुसको ड्रोन आक्रमणबाट १२ जना मजदुरले मृत्यु

थप पढ्नुहोस् »

दाङमा ट्रकको ठक्करबाट छोराको मृत्यु, बुवा घाइते

दाङ । दाङमा नम्बर नखुलेको ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । भने एकजना घाइते भएका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ३६३१ नम्बरको स्कुटरको पछाडी सवार लमही नगरपालिका–६ का २२ वर्षिय अंकित चौधरीलाई ट्रकले ठक्कर दिएको हो ।लमहीतर्फ गइरहेको स्कुटरलाई सोहि दिशातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले घोराही–१५ भिंग्रेली … Continue reading दाङमा ट्रकको ठक्करबाट छोराको मृत्यु, बुवा घाइते

थप पढ्नुहोस् »

डिभाईन फाउन्डेसनमा व्यावहारिक अभिभावकत्वबारे अन्तर्दृष्टि प्रशिक्षण

दाङ, १८ माघ । डिभाइन फाउन्डेसन तुल्सीपुर दाङले आज तुल्सीपुरमा एक कार्यक्रम आयोजना गरी डिभाइन मन्टेश्वरी तथा डिभाइन पाठशालाका अभिभावकहरूका लागि व्यावहारिक अभिभावकत्वबारे अन्तर्दृष्टि विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। डिभाइन मन्टेश्वरीकी प्रिन्सिपल कोर्डिनेटर बिन्दु न्यौपानेको सभापतित्व तथा Inspirer Foundation सिईयो इन्द्र कुमार प्रसाईंको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।प्रशिक्षण कार्यक्रममा डिभाइन फाउन्डेसनका सीइओ … Continue reading डिभाईन फाउन्डेसनमा व्यावहारिक अभिभावकत्वबारे अन्तर्दृष्टि प्रशिक्षण

थप पढ्नुहोस् »

दाङ ३ का मतदातासंग उम्मेदवार, न एजेन्डा न घोषणापत्र

दाङ ।  प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू अहिले घरदैलो अभियानमा व्यस्त छन्। स्पष्ट एजेन्डा, ठोस योजना र दीर्घकालीन भिजन बिना उम्मेदवारहरु चुनावी रणभूमीमा देखिन्छन्  । एजेन्डाको अभावका कारण चुनावी बहस सतहमा सीमित बन्दै गएको छ भने । घरदैलोमा लागेका उम्मेदवार नागरिकले खोजेको उत्तर भने  दिन नसक्ने अवस्थामा देखिन्छन्। घर–घरमा पुगेर मत मागिरहेका उम्मेदवारहरूसँग न … Continue reading दाङ ३ का मतदातासंग उम्मेदवार, न एजेन्डा न घोषणापत्र

थप पढ्नुहोस् »

स्थापना दिवसमा सहाराको रक्तदान कार्यक्रम

दाङ,१७ माघ । सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम सस्थाका अध्यक्ष वासुदेव आचार्यको सभापतित्वमा र सामाजिक अभियन्ता तथा बालअधिकारकर्मी नवराज लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा २ महिला र ९ पुरुष गरी कुल ११ जनाले रक्तदान गरेका थिए। … Continue reading स्थापना दिवसमा सहाराको रक्तदान कार्यक्रम

थप पढ्नुहोस् »

किवानिज क्लब अफ तुलसीपुर मेट्रोको अध्यक्षमा केसी

दाङ, १७ माघ । किवानिज क्लब अफ तुलसीपुर मेट्रोको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। एक औपचारिक कार्यक्रमका बीच क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराई पदभार हस्तान्तरण गरिएको हो। क्लबको अध्यक्षमा आशिष केसी निर्वाचित भएका छन् । त्यसैगरी आगामी अध्यक्षमा चुडामणि जैसी, उपाध्यक्षमा सन्ध्या सुवेदी, सचिवमा सुशील खनाल र कोषाध्यक्षमा सुदीप … Continue reading किवानिज क्लब अफ तुलसीपुर मेट्रोको अध्यक्षमा केसी

थप पढ्नुहोस् »

प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्रको नमूना सार्वजनिक

काठमाडौं,१७ माघ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेशका निर्वाचन क्षेत्रअनुसार फरक–फरक मतपत्रको नमूना सार्वजनिक गरेको हो। एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक प्रकारको मतपत्रको … Continue reading प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्रको नमूना सार्वजनिक

थप पढ्नुहोस् »

स्थानीय र प्रदेश निर्वाचनअघि १५औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं,१७ माघ। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुने बताएका छन्। शनिबार काठमाडौं–४ मा आयोजित निर्वाचन लक्षित कार्यक्रममा बोल्दै सभापति थापाले आगामी निर्वाचनमा पार्टीका उम्मेदवार ‘प्राइमरी इलेक्सन’मार्फत वडास्तरबाटै चयन गरिने जानकारी दिएका छन्। उनले नयाँ स्थानीय तथा प्रदेश निर्वाचनभन्दा अघि पार्टीको महाधिवेशन सम्पन्न भइसकेको हुने उल्लेख … Continue reading स्थानीय र प्रदेश निर्वाचनअघि १५औँ महाधिवेशन हुन्छ : सभापति थापा

थप पढ्नुहोस् »

जिल्ला स्तरीय हाजिरी जवाफमा ज्ञान ज्योति प्रथम

दाङ, १७माघ । दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ। हिसान दाङ र कलेज रिडर्स काठमाडौँको संयुक्त आयोजनामा दाङ जिल्लाका विभिन्न विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरूको सहभागितामा घोराहीस्थित राप्ती इन्जिनियरिङ कलेजमा प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा विज्ञान संकायतर्फ … Continue reading जिल्ला स्तरीय हाजिरी जवाफमा ज्ञान ज्योति प्रथम

थप पढ्नुहोस् »