समाचार

प्रचण्ड–माधव समूहकाे संसदीय दलकाे नेतामा प्रचण्ड चयन

काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । शुक्रवार नेकपा प्रचण्ड–माधव समूहकाे संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो ।  संसदीय दलका ज्येष्ठ सदस्य झलनाथ … Continue reading प्रचण्ड–माधव समूहकाे संसदीय दलकाे नेतामा प्रचण्ड चयन

थप पढ्नुहोस् »

प्रहरी र तस्करबीच गोली हानाहान, १ जनाको ज्यान गयो

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । मृतक भारतीय नागरिक हुन् । इलाका प्रहरी कार्यालयको टोलीले सीमा क्षेत्रमा गस्ती गरिरहँदा चार जनाको समूहले आक्रमण गरेको थियो । जवाफी फायरिङमा एक जना घाइते भए भने तीन जना भागे । घाइते भएका करिव २५ वर्षीय … Continue reading प्रहरी र तस्करबीच गोली हानाहान, १ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा

काठमाण्डाै । सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेकाे हाे ।  यस्तै बैठकले विप्लवसँग भएकाे सहमति सार्वजनिक भएपछि लागू हुने गरी अनुमाेदन गरेकाे छ । सहमतिकाे विस्तृत विवरण शुक्रवार दिउँसाे दुई बजे सार्वजनिक गर्ने सरकारी वार्ता टाेलीले जारी … Continue reading विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा

थप पढ्नुहोस् »

राष्ट्रपतिद्वारा फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।  मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो चार बजेको लागि बैठक आह्वान गर्नुभएको हो ।  सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद बैठक आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।  गएको पुस पाँच गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा … Continue reading राष्ट्रपतिद्वारा फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान

थप पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो । भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ बाट मुक्त … Continue reading भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप

थप पढ्नुहोस् »

म्यानमारमा प्रहरीको गोली लागेर १८ जनाकाे ज्यान गयो

म्यानमारमा प्रहरीले चलाएको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गएको छ । ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको खबरमा उल्लेख छ । यसअघि पनि भएको प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान गएको थियो । संयुक्त … Continue reading म्यानमारमा प्रहरीको गोली लागेर १८ जनाकाे ज्यान गयो

थप पढ्नुहोस् »

तुलसीपुरमा लागुऔषध सहित एक महिला पक्राउ

दाङ। तुलसीपुरबाट लागुऔषध ओसारपसारको आरोपमा एक महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी तुलसा पोखरेल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीले उनको स्कुटरको डिक्कीमा लागुऔषध राखेको अबस्थामा आईतबार दिउसो पक्राउ गरेको हो। यस विषयमा अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरलका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले … Continue reading तुलसीपुरमा लागुऔषध सहित एक महिला पक्राउ

थप पढ्नुहोस् »

राष्ट्रिय दलित पत्रकार संघ दाङको अध्यक्षमा परियार

प्रिया स्मृती गजमेर , दाङ। राष्ट्रिय दलित पत्रकार संघ दाङको तेस्रो अधिबेशन सम्पन्न भएको छ । दाङको घोराहीमा शनिबार सम्पन्न अधिबेशनले बसन्त परियारको अध्यक्षतामा १७ जनाको कार्य समिती चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा गिरिराज नेपाली, उपाध्यक्षमा प्रिया स्मृती गजमेर, सचिबमा अर्जुन परियार, कोषाध्यक्षमा चन्द्र प्रकाश नेपाली, सहसचिवमा देबका परियार चयन भएका छन । … Continue reading राष्ट्रिय दलित पत्रकार संघ दाङको अध्यक्षमा परियार

थप पढ्नुहोस् »

स्वस्थानी व्रत आज समापन गरिँदै

दाङ । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पुष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदारखण्डको माघमाहात्म्यमा कुमार र … Continue reading स्वस्थानी व्रत आज समापन गरिँदै

थप पढ्नुहोस् »

दाङको प्रजिअमा पौडेल आउने

दाङ। गृह मन्त्रालयले आज दाङ सहित ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । प्रजिअको जिम्मेवारीमा रहेका २५ सहसचिव र २७ उपसचिव गरि ५२ जनाको सरुवा भएको हो । दाङका प्रजिअ जय नारायाण आचार्यको गृह मन्त्रालयमा काज सरुवा भएको छ भने दाङमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला प्रशासन कार्यालय कपिलबस्तुबाट दिर्घनारायण पौडेल आउने … Continue reading दाङको प्रजिअमा पौडेल आउने

थप पढ्नुहोस् »