समाचार

क्यान्सर औषधिको विवरण दिन आयातकर्तालाई निर्देशन

काठमाडौ,२२ जेठ । औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने औषधिको आपूर्ति र खपतसम्बन्धी विवरण दिन आयातकर्तालाई निर्देशन दिएको छ। विभागले सूचना जारी गर्दै प्लाटिनम समूहका क्यान्सर औषधिको मूल्य, पछिल्ला तीन आर्थिक वर्षको खपत विवरण र आगामी वर्षको आवश्यकताको अनुमान पेश गर्न भनेको हो।यससँगै अत्यावश्यक औषधिको सूचीमा रहेका सलाइनको आयात हुने देश र मूल्यसमेत स्पष्ट … Continue reading क्यान्सर औषधिको विवरण दिन आयातकर्तालाई निर्देशन

थप पढ्नुहोस् »

देशभर बदली र वर्षाको सम्भावना: तराईमा गर्मी बढ्ने

काठमाडौ,२२ जेठ । देशका विभिन्न ठाउँमा बदली र वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ। अहिले कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ। तराईका धेरै ठाउँमा भने मौसम खुला रहेको छ। केही प्रदेशका ठाउँमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो पहाड र हिमालमा बदली रहने र केही ठाउँमा … Continue reading देशभर बदली र वर्षाको सम्भावना: तराईमा गर्मी बढ्ने

थप पढ्नुहोस् »

वाइसीएल दाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग

दाङ,२२ जेठ । योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल दाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ। प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै वाइसीएलले प्रधानमन्त्रीले नेपालले पनि भारतको जमिन मिचेको भनेको भन्दै विरोध गरेको हो। वाइसीएल दाङका इन्चार्ज नेवबहादुर जीसी (मार्शल) को हस्ताक्षरमा तयार गरिएको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेमार्फत प्रधानमन्त्री कार्यालय, सिंहदरबार पठाइएको … Continue reading वाइसीएल दाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग

थप पढ्नुहोस् »

तीनदिन विद्यालय बिदा

कपिलवस्तु,२२ जेठ । अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाले विद्यालयमा बिदा दिएको छ। नगरपालिकाले सूचना जारी गर्दै जेठ २५ देखि २७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।पछिल्ला केही दिनदेखि बढेको गर्मीका कारण जनजीवन प्रभावित भएको छ। बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तवले बताए। मेयर सुदीप पौडेलले पनि गर्मीका … Continue reading तीनदिन विद्यालय बिदा

थप पढ्नुहोस् »

प्रधानमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौ,२२ जेठ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। त्रिचन्द्र क्याम्पसबाट सुरु भएको प्रदर्शनमा विद्यार्थीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।

थप पढ्नुहोस् »

छुवाछूत उन्मूलन दिवसमा दिप प्रज्वलन

दाङ,२१ जेठ । २० औं राष्ट्रिय जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तुलसीपुरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ। तुलसीपुर उपमहानगरपालिकाले उपमहानगरका नगर प्रमुख तथा दलित विकास समिति संयोजक टिकाराम खड्काको अध्यक्षतामा दिप प्रज्वलन गरेको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले समाज अझै पनि विभेदबाट मुक्त हुन नसकेको बताए। उनले सबै समान भए पनि व्यवहारमा … Continue reading छुवाछूत उन्मूलन दिवसमा दिप प्रज्वलन

थप पढ्नुहोस् »

रोल्पा दुर्घटना अपडेट: मृतक सबैको पहिचान खुल्यो

दाङ,२१ जेठ । रोल्पामा गाडी दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ। दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको थियो। प्रहरीका अनुसार मृतक तीनै जना दाङका हुन्। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–७ का २५ वर्षीय चालक बिरबहादुर चौधरी, दंगिशरण गाउँपालिका–७ का ४० वर्षीय जिउधन चौधरी र उनकी ३८ वर्षीया श्रीमती कमला चौधरी रहेका छन्। … Continue reading रोल्पा दुर्घटना अपडेट: मृतक सबैको पहिचान खुल्यो

थप पढ्नुहोस् »

धवलशम्सेर राणासहित १८३ नेताले गरे राप्रपा त्याग

काठमाडौ,२१ जेठ । राप्रकामा महामन्त्री डा. धवलशम्सेर राणासहित १८३ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका छन्।बिहीबार काठमाडौंमा कार्यक्रम गरी उनीहरूले सामूहिक रूपमा पार्टी त्यागेको घोषणा गरेका हुन्। पहिलो चरणमा राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ र नारायणप्रसाद कोइरालाले पार्टी छोडेका छन्।अन्य पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला तहका नेताहरूले पनि राप्रपा त्यागेका … Continue reading धवलशम्सेर राणासहित १८३ नेताले गरे राप्रपा त्याग

थप पढ्नुहोस् »

विद्यार्थीहरुमा सिकलसेल परीक्षण

दाङ,२१ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा विद्यार्थीहरूको सिकलसेल एनिमिया र थालेसिमिया परीक्षण गरिएको छ। थारु समुदाय बढी बसोबास गर्ने वडा भएकाले सबै विद्यार्थीको जाँच गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा वडा कार्यालय र हेमनगर स्वास्थ्य केन्द्रको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो। हेमनगर स्वास्थ्य केन्द्रका प्रमुख मोहन शर्माका अनुसार थारु समुदायमा यी रोग … Continue reading विद्यार्थीहरुमा सिकलसेल परीक्षण

थप पढ्नुहोस् »

दाङमा चारमा ८ फरार प्रतिवादी पक्राउ

दाङ,२१जेठ । दाङमा चार दिनको अवधिमा ८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न समयमा मुद्दा फैसला भएर फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो। जेठ १६ गतेदेखि १९ गतेसम्मको अवधिमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाबाट १० हजार १ सय रुपैयाँ जरिवाना असुल गरिएको छ। उनीहरूलाई … Continue reading दाङमा चारमा ८ फरार प्रतिवादी पक्राउ

थप पढ्नुहोस् »