समाचार

अदुवा बिक्रीबाट ५ करोड ५६ लाख बढी आम्दानी

रुकुम पश्चिम,२७ चैत । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु ५ करोड ५६ लाख ५० हजार आम्दानी भएको छ। पालिकाभरका २ हजार ६५० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट उक्त रकम भित्रिएको हो।गाउँपालिका कृषि शाखा प्रमुख ऐनबहादुर कार्की का अनुसार यस वर्ष पालिकामा १५ हजार ९०० क्विन्टल अदुवा उत्पादन भएको थियो। अदुवा … Continue reading अदुवा बिक्रीबाट ५ करोड ५६ लाख बढी आम्दानी

थप पढ्नुहोस् »

तोलामा २२ सयले बढ्यो सुन

दाङ,२७ चैत । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले वृद्धि भई २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुनको भाउ ४ हजार ३०० रुपैयाँले घटेर तोलाको २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको भाउ पनि … Continue reading तोलामा २२ सयले बढ्यो सुन

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनको बैठक बस्दै

दाङ,२७ चैत । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्र्तगतको १० औँ बैठक आज ९ शुक्रवार० बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ। त्यसैगरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’को सैद्धान्तिक छलफलका क्रममा … Continue reading लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनको बैठक बस्दै

थप पढ्नुहोस् »

कपिलवस्तुमा बस दुर्घटनाः २६ यात्रु घाइते

दाङ,२७ चैत । कपिलवस्तुमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा बिहिबार राति बस दुर्घटना भएकोे हो । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए। दुर्घटना लगत्तै यात्रुको उद्धार … Continue reading कपिलवस्तुमा बस दुर्घटनाः २६ यात्रु घाइते

थप पढ्नुहोस् »

सुन तस्करी प्रकरणमा महरासहित २९ विरुद्ध मुद्दा

काठमाडौ,२६ चैत । भेपमार्फत सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सभामुख कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारले बिहीबार दायर गरेको मुद्दामा ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना भएको आरोप लगाइएको छ । प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरूण पोखरेल लाई … Continue reading सुन तस्करी प्रकरणमा महरासहित २९ विरुद्ध मुद्दा

थप पढ्नुहोस् »

श्रममन्त्री साह पदमुक्त

काठमाडौ,२६ चैत । प्रधानमन्त्री वालेन्द्र शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह लाई पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् । रास्वपा सभापति रवि लामिछाने ले पदीय मर्यादाको दुरुपयोग गरेको आरोपमा कारबाहीका लागि सिफारिस गरेका थिए । मन्त्री साहले आफ्नी … Continue reading श्रममन्त्री साह पदमुक्त

थप पढ्नुहोस् »

पूर्व गृहमन्त्री लेखक हाजिरी जमानीमा रिहा

काठमाडौ,२६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पछि पूर्वगृहमन्त्री रमेश लेखक पनि हाजिरी जमानीमा रिहा भएका छन् । लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणमा राखिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई का अनुसार उनलाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा रिहा गरिएको हो । प्रहरीले लेखकलाई उनकी पत्नी यशोदा लेखक … Continue reading पूर्व गृहमन्त्री लेखक हाजिरी जमानीमा रिहा

थप पढ्नुहोस् »

इस्लामाबादमा आकस्मिक बिदा घोषणा

इस्लामाबाद, २६ चैत । अमेरिका–इरानबीच हुन लागेको उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा इस्लामाबादमा दुई दिन आकस्मिक बिदा घोषणा गरिएको छ । बिहीबारदेखि लागू हुने गरी गरिएको निर्णयबारे जिल्ला प्रशासनले औपचारिक कारण भने खुलाएको छैन । तर यसलाई सुरक्षा तयारीसँग जोडेर हेरिएको छ । पाकिस्तानले उच्चस्तरीय कूटनीतिक गतिविधिअघि सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै यस्ता निर्णय लिने अभ्यास दोहोर्‍याउँदै आएको … Continue reading इस्लामाबादमा आकस्मिक बिदा घोषणा

थप पढ्नुहोस् »

ओली हाजिरी जमानीमा रिहा

काठमाडौ,२६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाजिरी जमानीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार उनलाई अनुसन्धानमा आवश्यक परे उपस्थित हुने सर्तमा रिहा गरिएको हो । ओलीलाई उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते ओली र पूर्वगृहमन्त्री … Continue reading ओली हाजिरी जमानीमा रिहा

थप पढ्नुहोस् »

सुनचाँदीको भाउ घट्यो

दाङ,२६ चैत । बिहीबार सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।समग्रमा विगत एक सातामा भने सुनको भाउ ७ … Continue reading सुनचाँदीको भाउ घट्यो

थप पढ्नुहोस् »