समाचार

एउटै विद्यालयमा पटक–पटक भर्ना शुल्क लिन नपाइने

दाङ,२४ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै विद्यालयमा एकपटक भर्ना भइसकेपछि पटक–पटक भर्ना शुल्क लिन नपाइने स्पष्ट गरेको छ। मन्त्रालयले शैक्षिक सत्र सुरू हुनु अघि विद्यार्थी भर्ना गर्ने तथा अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही गर्न निर्देशन दिएको छ। केही निजी विद्यालयले ‘एन्युअल फी’ शीर्षकमा चर्को शुल्क लिएको गुनासो आएपछि यस्तो कडाइ गरिएको … Continue reading एउटै विद्यालयमा पटक–पटक भर्ना शुल्क लिन नपाइने

थप पढ्नुहोस् »

भारतमा ९ प्रहरीलाई मृत्युदण्ड

काठमाडौं,२४ चैत भारतको अदालतले कोभिड–१९ महामारीका बेला हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार तमिलनाडुस्थित मदुराईका जिल्ला अदालतले व्यापारी जयराज र उनका छोरा बेनिक्सको हिरासतमा हत्या भएको घटनामा संलग्न प्रहरी अधिकारीहरूलाई दोषी ठहर गरेको हो।प्रहरी हिरासतमा रहेका उनीहरूलाई क्रूर यातना दिएर हत्या गरिएको जनाइएको … Continue reading भारतमा ९ प्रहरीलाई मृत्युदण्ड

थप पढ्नुहोस् »

लुम्बिनीमा थप ६ दिन सार्वजनिक बिदा

दाङ, २४ चैत । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारले दिएको बिदा बाहेक थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा थप गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव लोकमणी पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार हरितालिका तीज (भदौ २९), कोजाग्रत पूर्णिमा (कात्तिक ८), माघी (माघ २), प्रदेश स्थापना दिवस (माघ … Continue reading लुम्बिनीमा थप ६ दिन सार्वजनिक बिदा

थप पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठकमा एजेन्डा सार्वजनिक भएन

काठमाडौ,२४ चैत । प्रधानमन्त्री बालेन शाहले मंगलबार दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय गरिएको छ। बैठकका कारण गृहमन्त्री सुदन गुरुङको बीपी राजमार्गअन्तर्गत रोशी खोलासम्म पुग्ने भनिएको निरीक्षण कार्यक्रम स्थगित भएको छ। बैठकका एजेन्डाबारे भने हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।

थप पढ्नुहोस् »

ओली र लेखकलाई २६ गते रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौ,२४चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई २६ चैतमा हिरासतबाट मुक्त गर्न परमादेश जारी गरेको छ।जिल्ला अदालत काठमाडौंले दिएको पाँच दिनको म्याद समाप्त भएपछि उनीहरूलाई रिहा गर्न आदेश दिइएको हो। सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि अब म्याद थप नगर्न स्पष्ट निर्देशन … Continue reading ओली र लेखकलाई २६ गते रिहा गर्न सर्वोच्चको आदेश

थप पढ्नुहोस् »

मध्यपूर्वमा ८८ हजार नेपालीको विवरण संकलन

काठमाडौं,२३ चैत। मध्यपूर्वमा जारी द्वन्द्वका बीच हालसम्म ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन गरिएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले परराष्ट्र मन्त्रालयमार्फत द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न तथ्यांक संकलन कार्य जारी रहेको बताए। उनका अनुसार प्रारम्भिक चरणमा हटलाइनमा धेरै फोन आए पनि अहिले त्यस्तो दबाब घटेको … Continue reading मध्यपूर्वमा ८८ हजार नेपालीको विवरण संकलन

थप पढ्नुहोस् »

देवचुलीमा पुरुष मृत भेटिए, श्रीमती गम्भीर घाइते

काठमाडौ,२३ चैत । नवलपरासीको देवचुली नगरपालिका–१६ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् भने उनकी श्रीमती गम्भीर घाइते अवस्थामा भेटिएकी छन्। स्थानीय ७५ वर्षीय जीवनराम थनेत आफ्नै घरभित्र टाउकोमा धारिलो हतियार प्रहार भएजस्तो चोटसहित मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी ७० वर्षीया श्रीमती गुलबासेनिया थनेत पनि टाउकोमा गम्भीर … Continue reading देवचुलीमा पुरुष मृत भेटिए, श्रीमती गम्भीर घाइते

थप पढ्नुहोस् »

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

दाङ,२३ चैत । प्रतिनिधिसभाबाट तीन वटा अध्यादेश सर्वसम्मत रूपमा स्वीकृत भएका छन्। आज बसेको बैठकले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरेको हो। बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेशहरू स्वीकृत गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। त्यसअघि सभामुख डोलप्रसाद … Continue reading प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

थप पढ्नुहोस् »

राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

काठमाडौं,२३चैत। राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। आज बसेको राष्ट्रियसभाको बैठकले उपाध्यक्षमा भण्डारी निर्वाचित घोषणा गरेको हो। राष्ट्रियसभामा सहभागी दलहरुबीचको सहमति अनुसार उपाध्यक्षमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो। उनका प्रस्तावक एमालेका राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल हुन्। भण्डारीको निर्वाचितमा समर्थन नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी … Continue reading राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

थप पढ्नुहोस् »

एक महिनामा २३ स्थानमा बर्डफ्लुः एकलाख बढि कुखुरा नष्ट

दाङ,२३चैत । यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए। यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन । यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको … Continue reading एक महिनामा २३ स्थानमा बर्डफ्लुः एकलाख बढि कुखुरा नष्ट

थप पढ्नुहोस् »