समाचार

बिजौरी उवासंघको साधारणसभा असार १३ गते

दाङ,२६ वैशाख । बिजौरी उद्योग वाणिज्य संघले १३औं साधारणसभा तथा छैटौं अधिवेशन असार १३ गते गर्ने निर्णय गरेको छ। शनिबार बसेको संघको बैठकले उक्त मिति तय गरेको महासचिव दीपककुमार बस्नेतले जानकारी दिए। बैठकले संघमा आबद्ध व्यवसायीहरूलाई जेठ २५ गतेसम्म सदस्यता नवीकरण गर्न आग्रह गर्ने तथा नयाँ सदस्यलाई दर्ता प्रक्रियामा ल्याउने निर्णय पनि गरेको छ। संघका … Continue reading बिजौरी उवासंघको साधारणसभा असार १३ गते

थप पढ्नुहोस् »

दाङमा बञ्चरो प्रहारबाट एक जनाको हत्या

दाङ,२६ वैशाख । दाङमा बञ्चरो प्रहारबाट एकजनाको हत्या भएको छ। दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको हो। स्थानीय अन्दाजी ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन (कनवा) ले … Continue reading दाङमा बञ्चरो प्रहारबाट एक जनाको हत्या

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु

दाङ,२६ वैशाख । मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। प्यूठानको गौमुखी गाउँपालिकामा मोटरसाइकल दुर्घटना भएको हो। नेपाने खोलामा शुक्रबार राति भएको दुर्घटनामा अर्तुबाङका २५ वर्षीय हेमराज राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। प्रहरीका अनुसार ठूलाबेसीबाट अर्खातर्फ जाँदै गरेको लु५६प १७७६ नम्बरको मोटरसाइकल सडकबाट करिब ३५ मिटर तल खोलामा खसेको अवस्थामा … Continue reading मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु

थप पढ्नुहोस् »

‘घर मात्र होइन, सपना पनि भत्काइयो’: दुर्गा प्रसाईं

काठमाडौ,२६ वैशाख । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन शाहमाथि नागरिकको घरसँगै सपना पनि भत्काएको आरोप लगाएका छन्। उनले निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरेका मतदाता पछुताउन थालेको दाबी गरे। विदेशमा रहेका नेपालीले परिवारलाई ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्न दबाब दिएको उल्लेख गर्दै अहिले “घर नै नभएको अवस्थामा … Continue reading ‘घर मात्र होइन, सपना पनि भत्काइयो’: दुर्गा प्रसाईं

थप पढ्नुहोस् »

पूर्ण भिट्रिफाइड टायल ‘लेमिनार’ अब तुलसीपुरमा

दाङ,२५ वैशाख । पूर्ण भिट्रिफाइड टायल ‘लेमिनार’ अब दाङको तुलसीपुरमा उपलब्ध हुने भएको छ । बर्दियामा उत्पादित आधुनिक प्रविधियुक्त उक्त टायलको सप्लायर्स शुक्रबार तुलसीपुरमा उद्घाटन गरिएको हो । सिद्धार्थ मार्वल हाउसको सहकार्यमा सञ्चालनमा ल्याइएको सप्लायर्समार्फत अब स्थानीय उपभोक्ताले ‘लेमिनार’ टायल सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यसअघि हार्डवेयर क्षेत्रमा काम गर्दै आएको सिद्धार्थले अब आधुनिक … Continue reading पूर्ण भिट्रिफाइड टायल ‘लेमिनार’ अब तुलसीपुरमा

थप पढ्नुहोस् »

रेडक्रस दिवसमा ‘नारायण–भगवती स्मृतिग्रन्थ’ विमोचन

दाङ, २५ वैशाख । नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले ‘नारायण–भगवती स्मृतिग्रन्थ’ विमोचन गरेको छ। विश्व रेडक्रस दिवस तथा शाखा स्थापना दिवसको अवसरमा उक्त स्मृतिग्रन्थ विमोचन गरेको हो। स्मृतिग्रन्थको विमोचन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले स्मृतिग्रन्थ केवल पुस्तक मात्र नभई समाजका लागि प्रेरणा र इतिहासको दस्तावेज भएको उल्लेख गरे। सामाजिक सेवामा समर्पित व्यक्तित्वहरूको योगदान … Continue reading रेडक्रस दिवसमा ‘नारायण–भगवती स्मृतिग्रन्थ’ विमोचन

थप पढ्नुहोस् »

मन्त्रिपरिषद्का निर्णयः १५ अवैतानिक वाणिज्यदूत पदमुक्त

काठमाडौ,२५ वैशाख। सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत (कन्सल)लाई पदमुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले वैशाख २८ गते सोमबार अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय पनि गरेको … Continue reading मन्त्रिपरिषद्का निर्णयः १५ अवैतानिक वाणिज्यदूत पदमुक्त

थप पढ्नुहोस् »

ट्रकबाट २० गोरु बरामदः दुई जना पक्राउ

दाङ,२५ वैशाख । अवैध रूपमा गोरु ओसारपसार गरेको आरोपमा प्रहरीले ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापाको मेचीनगर नगरपालिका–११ का ३७ वर्षीय खड्गबहादुर दाहाल र ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय विजयकुमार महत्तो रहेका छन्। उनीहरूलाई बिहीबार कपिलवस्तुबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका २० वटा गोरु कपिलवस्तुको … Continue reading ट्रकबाट २० गोरु बरामदः दुई जना पक्राउ

थप पढ्नुहोस् »

प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौ,२५ वैशाख। संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उक्त सिफारिस संविधानविपरीत रहेको दाबी गर्दै शुक्रबार रिट पेश गरेका हुन्। उनले अध्यादेशमार्फत गरिएको व्यवस्थाका आधारमा परिषद्ले गरेको सिफारिस असंवैधानिक भएको जिकिर गरेका छन्। यसअघि बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा … Continue reading प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर

थप पढ्नुहोस् »

तुलसीपुरमा ५० प्रतिशत अनुदानमा ‘काउ म्याट’ वितरण

दाङ,२५ वैशाख। तुलसीपुर उपमहानगरपालिकाले पशुपालक किसानलाई लक्षित गर्दै ‘काउ म्याट’ वितरण गरेको छ। पशुको स्वास्थ्य सुधार र उत्पादन वृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १०९ वटा म्याट वितरण गरिएको हो। शुक्रबार उपमहानगरका १७ जना व्यावसायिक पशुपालक किसानलाई म्याट हस्तान्तरण गरिएको पशु सेवा शाखाले जनाएको छ। प्रति म्याट ६ हजार ४ सय रुपैयाँ पर्ने भए पनि … Continue reading तुलसीपुरमा ५० प्रतिशत अनुदानमा ‘काउ म्याट’ वितरण

थप पढ्नुहोस् »