after_navbar

स्कुल बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु ,१४ जना घाइते


१८ घण्टा अगाडि


कास्की ।पोखरामा स्कुल बस दुर्घटना भएको छ। पोखरा महानगरपालिका-२८ कालिकामा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार मृत्यु हुनेमा तीन बालिका, एक बालक र एक स्थानीय व्यक्ति छन्। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १४ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र एक स्थानीय व्यक्ति सवार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="