after_navbar

तरकारी किन्ने क्रममा सुनको सिक्री लुटियो


१७ घण्टा अगाडि


दाङ। दाङको तुलसीपुरमा एकाबिहानै महिलाको सुनको सिक्री लुटिएको छ। तुलसीपुर उपमहानगरपालिका-६ गुम्ह्राचोक निवासी ३० वर्षीया सृजना केसीको घाँटीबाट अपरिचित व्यक्तिले सुनको सिक्री थुतेर फरार भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार बिहान पौने ६ बजे तरकारी किन्न बाहिनी चोक नजिक पुगेका बेला केसीको घाँटीबाट सिक्री थुतेर लुटेरा फरार भएका हुन्।

‘अपरिचित व्यक्तिले घाँटीमा लगाएको सुनको सिक्री बाहिनी चोक नजिकै तरकारी किन्ने क्रममा थुतेर भागेको भन्ने सूचना आएको छ,’ डिएसपी पराजुलीले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’

पीडित केसीले आफ्नो घाँटीबाट झन्डै डेढ तोलाको सुनको सिक्री लुटिएको बताएकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="