after_navbar

मोटरसाइकल आपसमा ठोक्किदा एकजनाको मृत्यु


१७ घण्टा अगाडि


दाङ। तुलसीपुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा रा ३ प ७५६ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ निवासी ५८ वर्षिय तेज बहादुर चौधरीको मृत्यु भएको हो।

गम्भिर घाइते भएका चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी डा।हेमबहादुर केसीले जानकारी दिए।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका-१८ चौवाखोलामा शनिबार बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

तुलसीपुरबाट मनिकापुरतर्फ जाँदै गरेको लु.प्र.०२-००२ प ५२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट चौवाखोलातर्फ जाँदै गरेको रा ३ प ७५६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा लु.प्र.०२-००२ प ५२९० नम्बरको मोटरसाइकल चालक तुलसीपुर-१८ निवासी ३५ वर्षीय तिलक वली घाइते भएका छन् । वली उपचारपछि डिस्चार्ज भइसकेको र इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="