after_navbar

बिजौरी-कोठरी सडक कालोपत्रे हुँदै


१५ घण्टा अगाडि


दाङको बिजौरीदेखि कोठरीसम्मको १५ दशमलव ५८ किलोमिटर सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। हाल ड्रेन निर्माण र सबबेस राख्ने काम भइरहेको छ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत ग्रामीण सम्पर्क सुधार परियोजनाबाट ४४ करोड ८७ लाख रुपैयाँ लागतमा सडक कालोपत्रे गर्न लागिएको हो। बिजौरी-बसदबारा-जमुनी-लक्ष्मीपुर-दक्षिण कुररिया-कञ्जवार हुँदै कोठरीसम्म सडक निर्माण हुनेछ।

निर्माण कम्पनी एमसी-एएनएस बिजी जेभीका प्रतिनिधि सिलन बरालका अनुसार अब छिट्टै कालोपत्रे सुरु हुनेछ। अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रे गर्न आवश्यक प्लान्ट तथा उपकरण जडान भइसकेका छन्।

स्थानीय निर्माण व्यवसायी, निर्माण सामग्री आपूर्तिकर्ता तथा रेन्टल सेवा प्रदायकसँग सहकार्य गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरिएको कम्पनीले जनाएको छ। दसैँअघि बेस र सबबेसको काम सम्पन्न गर्ने तथा आगामी चैतभित्रै सम्पूर्ण निर्माण सक्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="