after_navbar

तुलसीपुर-१८ मा भोलिदेखि श्रीमद्भागवत महायज्ञ


८ घण्टा अगाडि


दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा भोलिदेखि श्रीमद्भागवत जीवन बिज्ञान महायज्ञ सुरु हुँदै छ ।

नागरिक उपचार स्वास्थ्य सहायता अक्षयकोष स्थापनार्थ महायज्ञ भोलि आइतबारदेखि सुरु हुन लागेको महायज्ञ मुल आयोजक समितीले जानकारी दिएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै मुल आयोजक समितीले महायज्ञको सम्पूर्ण तयारी पुरा भएको बताएको हो।

विपन्न नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको वडा नम्बर १८ का अध्यक्ष माधव वलीले जानकारी दिए।

उनका अनुसार महायज्ञबाट संकलित रकम विपन्न नागरिकको उपचारका लागि स्थापना गरिने कोषमा जम्मा गरिनेछ। वडामा स्थापना हुने उक्त संरचना आगामी दिनमा नगरवासीका लागि समेत उपयोगी बन्ने अपेक्षा गरिएको उनले बताए।

वडाध्यक्ष वलीले सरकारले गर्नुपर्ने कामलाई स्थानीय तहबाट समेत प्रभावकारी रूपमा अघि बढाउने प्रयास भइरहेको उल्लेख गर्दै महायज्ञमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।

महायज्ञबाट १ करोड रकम संकलनको अपेक्षा गरिएको छ भने कथावाचक स्वर्णपदक विभुषित पण्डित अमृतशरण देवाचार्य रहेका छन् । महायज्ञमा दैनिक कथावाचन,झाकी,नृत्यनाटक लगायतका धार्मिक कार्यक्रमहरु गरिने आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="