शिक्षा

शिक्षा क्षेत्रको दलीय राजनीतिकरण हटाउँछु:मन्त्री श्रेष्ठ

काठमाडौँ ,१७ असार। शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरणलाई आफूले हटाएरै छाड्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रको दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी हुन्। उनले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भए पनि राजनीतिक दलका भातृ सङ्गठनको हस्तक्षेपलाई अन्त्य गर्ने … Continue reading शिक्षा क्षेत्रको दलीय राजनीतिकरण हटाउँछु:मन्त्री श्रेष्ठ

थप पढ्नुहोस् »

गुरौका विद्यार्थीलाई लायन्स क्लबको सहयोग

दाङ,१५ असार ।  लायन्स क्लब अफ दाङ नारायणपुरले  विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेको छ। घोराही उपमहानगरपालिकाको १२ मा रहेको गुराँस प्राथमिक विद्यालय गुरौँका विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेको छ ।उपमहानगरपालिका भित्रको विकट क्षेत्रमा रहेको विद्यालयमा अध्ययन गर्ने २६ जना विद्यार्थीहरुलाइ आज एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण गरिएको हो । क्लबले वालवालिकाहरुका लागि झोला, … Continue reading गुरौका विद्यार्थीलाई लायन्स क्लबको सहयोग

थप पढ्नुहोस् »

हिमालमा वक्तृत्वकला सम्पन्न

दाङ,१४ असार । तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा वक्तृत्वकला सम्पन्न भएको छ।  सिनियर र जुनियर गरि दुई तहमा भएको वक्तृत्वकलामा जुनियरतर्फ दिपसन कार्की प्रथम भएका छन् । यसैगरी भुमिका सिंह दोश्रो र मुना डांगी तृतीय भएका छन्  । सिनियरतर्फ दीपशिखा कार्की प्रथम, कृतिका थापा दोश्रो र अन्जु रेउले तृतिय भएका छन् । विद्यालयका इसिए क्लब अध्यक्ष … Continue reading हिमालमा वक्तृत्वकला सम्पन्न

थप पढ्नुहोस् »

एसईईको नतिजा सार्वजनिक: ४ जिपिए ल्याउने १४६ जना , ४८% मात्रै पास

दाङ,१३ असार। यस वर्षको एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा सहभागी भएका मध्ये ४७.८६% मात्रै उत्तीर्ण भएका छन्। कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सम्मलित ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थीमध्ये १ सय ८६ जनाले मात्रै ४ … Continue reading एसईईको नतिजा सार्वजनिक: ४ जिपिए ल्याउने १४६ जना , ४८% मात्रै पास

थप पढ्नुहोस् »

गुरुकुलको प्लस टु छात्रवृत्ति योजना

दाङ,१२ असार । गुरुकुल एकेडेमीले प्लस टु छात्रवृत्ति योजना ल्याएको छ । विशेष छात्रवृत्ति योजना अन्र्तगत कक्षा ११मा भर्ना हुन आउने नँया विद्यार्थिहरुको विद्यालयले उक्त योजना ल्याएको हो । विद्यालयले प्रि रजिष्ट्रेशन गरेकाहरुलाई भर्ना शुल्कमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । साथै गुरुकुल एकेडेमीले कक्षा ११ को विज्ञान विषयको लागि मासिक शुल्क ५ … Continue reading गुरुकुलको प्लस टु छात्रवृत्ति योजना

थप पढ्नुहोस् »

हिमालका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत

दाङ, १२ असार। तुलसीपुरमा रहेको हिमाल एकेडेमीले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। विद्यालयले जेठ महिनामा आयोजना गरिएका विभिन्न कार्यक्रममा विजयी भएका विद्यार्थीहरूलाई नगद ,पदक नगद र सम्मानपत्रले पुरस्कृत गरेको हो। जस अन्तर्गत कक्षा ४ बाट आयुष बुढाथोकी, कक्षा ५ बाट भूमिका सिंह, कक्षा ६ बाट जेनिस चौधरी ,कक्षा ७ बाट प्रणभ लामिछाने ,कक्षा ८ बाट … Continue reading हिमालका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत

थप पढ्नुहोस् »

बिहिबारसम्म एसइईको नतिजा सार्वजनिक हुने

काठमाडौ,११ असार। यस वर्षको एसइई परीक्षाको नतिजा बिहिबारसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कक्षा १० को परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको … Continue reading बिहिबारसम्म एसइईको नतिजा सार्वजनिक हुने

थप पढ्नुहोस् »

विद्यार्थीहरूको दन्त परीक्षण

दाङ, ११ असार । गुरुकुल एकेडेमीका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको छ। गुरुकुल एकेडेमी घोराही र तुलसीपुरका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको हो। तुलसीपुरका कक्षा  प्ले ग्रुपदेखि कक्षा ९ सम्मका करिब १६० जना विद्यार्थी र घोराहीका कक्षा १० सम्मका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको हो।बिआर डेन्टल अस्पतालका डाक्टर बीपी भुसाल डाक्टर आशा खत्री र विद्यालयकी स्टाफ नर्स सुस्मिता … Continue reading विद्यार्थीहरूको दन्त परीक्षण

थप पढ्नुहोस् »

“बाल विवाह”नेपालमा एक जटिल समस्या

“बाल विवाह” भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ। विभिन्न देशमा विवाह गर्न योग्य उमेर भनेर आ-आफ्नै कानुनी रूपमा निर्धारित उमेर तोकिएको छ।नेपालको सन्दर्भमा विवाह गर्ने जोडाहरुको दुवै वा एक जनाको उमेर २० बर्षभन्दा मुनिको विवाह बालविवाह हुन्छ। नेपालमा बालबालिकाको परिभाषा भित्र उमेर १८ वर्ष र बालविवाहको लागि तोकिएको … Continue reading “बाल विवाह”नेपालमा एक जटिल समस्या

थप पढ्नुहोस् »

दिव्य कुञ्जमा योग शिक्षा कार्यक्रम

दाङ ,७ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा अवस्थित दिव्य कुञ्ज एकेडेमीले योग शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार १० औँ अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा विद्यालयले उक्त कार्यक्रम गरेको हो। विद्यार्थीहरुको मनोबल बढाउने उदेश्यले योग शिक्षा एवम् उत्प्रेरणात्मक कार्यक्रम गरिएको हो। कार्यक्रम प्रमुख प्रशिक्षक योग गुरु रविन्द्र बस्नेतले विद्यार्थीमा बौद्धिक क्षमता अभिबृद्धि … Continue reading दिव्य कुञ्जमा योग शिक्षा कार्यक्रम

थप पढ्नुहोस् »