शिक्षा

माग सम्बोधन नभएपछि विद्यालय कर्मचारी आन्दोलनमा

काठमाडौ,२९ जेठ । बजेट वक्तव्यमा आफ्ना मागहरू सम्बोधन नभएपछि विद्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।नेपाल विद्यालय कर्मचारी परिषद्को समन्वयमा विभिन्न कर्मचारी युनियन तथा संगठनहरूको संयुक्त मोर्चाले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो। कार्यतालिका अनुसार उनीहरूले सरकार, अर्थमन्त्रालय, शिक्षामन्त्रालय र मानव स्रोत विकास केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन्। साथै जिल्ला तहमा शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला … Continue reading माग सम्बोधन नभएपछि विद्यालय कर्मचारी आन्दोलनमा

थप पढ्नुहोस् »

आधा भन्दा बढी सामुदायिक विद्यालयमा १०० भन्दा कम विद्यार्थी

काठमाडौ,२८ जेठ । देशभरका १३ हजार ७३६ सामुदायिक विद्यालयमा १०० जनाभन्दा कम विद्यार्थी रहेको तथ्य सार्वजनिक भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको ‘शैक्षिक सूचना २०८२’ अनुसार यस्तो विद्यालयको संख्या कुल सामुदायिक विद्यालयको ५०.८६ प्रतिशत हो। यसले आधाभन्दा बढी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको देखाएको छ। हाल देशभर ३५ हजार ९५१ विद्यालय छन्। … Continue reading आधा भन्दा बढी सामुदायिक विद्यालयमा १०० भन्दा कम विद्यार्थी

थप पढ्नुहोस् »

तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने

दाङ,१९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले वडा नं. १५ दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ। थारू समुदायको बाहुल्यता रहेको जिल्लामा मातृभाषामा शिक्षा दिन यो निर्णय गरिएको नगरप्रमुख टीकाराम खड्काले बताए। विद्यालय गुठीका रूपमा सञ्चालन हुने जनाइएको छ। तीन वर्षअघि स्थानीय रोहित चौधरीले दिएको निवेदनका आधारमा उपमहानगरपालिकाको ४७औँ कार्यपालिका बैठकले यो निर्णय … Continue reading तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने

थप पढ्नुहोस् »

लुम्बिनी स्मार्टमा शिक्षण सिकाइ कार्यशाला सञ्चालन

दाङ,१६ जेठ ।तुलसीपुरमा रहेको लुम्बिनी स्मार्ट स्कूलमा शिक्षकहरूका लागि चारदिने कार्यशाला सन्चालन भएको छ। क्रियाकलापमा आधारित शिक्षण सिकाइ (एबिएल) सम्बन्धी उक्त कार्यशाला सञ्चालन गरिएको हो। कार्यशालामा ६० भन्दा बढी शिक्षक शिक्षिकाको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक बामदेव सापकोटाले जानकारी दिए। शिक्षकहरूको शिक्षण शैलीलाई अझ प्रभावकारी, आकर्षक र बालमैत्री बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो। कार्यशालामा विद्यार्थीलाई … Continue reading लुम्बिनी स्मार्टमा शिक्षण सिकाइ कार्यशाला सञ्चालन

थप पढ्नुहोस् »

शिक्षकका लागि एआई प्रयोगसम्बन्धी तालिम

दाङ,१४ जेठ । ज्योतिपुञ्ज एजुकेशनल ग्रुपको आयोजनामा शिक्षकहरूका लागि शिक्षण–सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगसम्बन्धी तीन दिने तालिम सुरु भएको छ। बिहीबारदेखि घोराहीमा सुरु भएको तालिममा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलका शिक्षकहरूको सहभागिता रहेको छ। तालिम ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए। तालिममा एआईको परिचय, विभिन्न टुल्सको … Continue reading शिक्षकका लागि एआई प्रयोगसम्बन्धी तालिम

थप पढ्नुहोस् »

राप्ती बबई क्याम्पसको ‘जर्नल अफ राप्ती बबई क्याम्पस’ विमोचन

दाङ,१४ जेठ ।राप्ती बबई क्याम्पसले ‘जर्नल अफ राप्ती बबई क्याम्पस’ अङ्क–६ विमोचन गरेको छ। बुधबार आयोजित कार्यक्रममा अनुसन्धानमूलक तथा शैक्षिक लेख समेटिएको जर्नल सार्वजनिक गरिएको हो। कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि खड्काले अनुसन्धानले समाज रूपान्तरण र ज्ञान निर्माणमा … Continue reading राप्ती बबई क्याम्पसको ‘जर्नल अफ राप्ती बबई क्याम्पस’ विमोचन

थप पढ्नुहोस् »

त्रिविको शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवार तय

काठमाडौ,२ जेठ।त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी तोकिएको छ । त्रिविका उपकुलपति प्राडा. सुशील बज्राचार्यले शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी तोकेका हुन्। उपकुलपति बज्राचार्यले विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाललाई शिक्षाध्यक्ष र व्यवस्थापन संकायका डिन प्रा.डा.महानन्द चालिसे लाई रजिस्ट्रारको जिम्मेवारी दिएका हुन् । उपकुलपति बज्राचार्यका अनुसार शुक्रबारदेखि उनीहरूलाई जिम्मेवारी दिइएको हो । कुलपति … Continue reading त्रिविको शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवार तय

थप पढ्नुहोस् »

चार जीपीए ल्याउने विद्यार्थीलाई सम्मान

दाङ, २ जेठ । पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयले एसइई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले कार्यक्रम आयोजना गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो । यस वर्ष विद्यालयबाट ९६ जना विद्यार्थी एसइई परीक्षामा उत्तीर्ण भएका छन् । तीमध्ये रमेश सापकोटा, सन्तोष भण्डारी र श्रीधर रिजालले ४ जीपीए प्राप्त गरेका … Continue reading चार जीपीए ल्याउने विद्यार्थीलाई सम्मान

थप पढ्नुहोस् »

दुई दिन बिदापछि विद्यालयमा नयाँ समय व्यवस्थापन

दाङ,२ जेठ। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि विद्यालय तहको पठनपाठन सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ व्यवस्था गरेको छ। मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा भएपछि केन्द्रले कार्यघण्टा मिलाउने तयारी गरेको हो। नयाँ व्यवस्थापछि विद्यालय सञ्चालन हुने पाँच दिनमै तोकिएको पाठ्यघण्टा पूरा … Continue reading दुई दिन बिदापछि विद्यालयमा नयाँ समय व्यवस्थापन

थप पढ्नुहोस् »

घोराहीमा पनि अबदेखि आइतबार विद्यालय बन्द हुने

दाङ, १ जेठ । घोराही उपमहानगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले देशभरका विद्यालयमा एकरूपता कायम गर्न निर्देशन दिएपछि उपमहानगरपालिकाले सो निर्णय परिवर्तन गरेको हो। यसअघि पठनपाठनमा भएको क्षति न्यूनीकरण गर्न भन्दै आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको थियो। तर केन्द्रले पाठ्यक्रम, मूल्याङ्कन … Continue reading घोराहीमा पनि अबदेखि आइतबार विद्यालय बन्द हुने

थप पढ्नुहोस् »