समाचार

पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

दाङ,२८ असार। पोखरीमा डुबेर सिराहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। जिल्लाको गोलबजार नगरपालिका–७ मा पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको हो। आइतबार दिउँसो पशु बजार नजिकै पानी जमेर बनेको पोखरीमा नुहाउने क्रममा उनीहरू डुबेका हुन्। मृत्यु हुनेमा स्थानीय अब्बास खानका ८ वर्षीय छोरा सैफुल शेख तथा १० र १२ वर्षीया छोरीहरू … Continue reading पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

थप पढ्नुहोस् »

फरार कैदी पक्राउ

दाङ,२८ असार । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३ बनगाउँ निवासी ३३ वर्षीय ‘गोरे’ भन्ने गोविन्द विक रहेका छन्। उनलाई २५ वर्ष कैद सजाय तोकिएको थियो। प्रहरीका अनुसार विक आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए र लामो समयदेखि लुकिछिपी … Continue reading फरार कैदी पक्राउ

थप पढ्नुहोस् »

भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा

दाङ,२८ असार । वैदेशिक रोजगार विभागले अनुमति बिना भारतस्थित विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई विदेश पठाउने १५९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कार्य गरेको ठहर गर्दै ती कम्पनीलाई पहिलो पटक सचेत गराइएको विभागले जनाएको छ। विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान … Continue reading भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा

थप पढ्नुहोस् »

विद्यार्थीकेन्द्रित पाठ्यक्रम परिमार्जनको तयारी

काठमाडौ,२८ असार । पाठ्यक्रम विकास केन्द्र (सिडिसी) ले विद्यार्थीकेन्द्रित र युवामैत्री पाठ्यक्रम परिमार्जन प्रक्रिया अघि बढाएको छ। सिडिसीले विद्यालय शिक्षामा बालबालिकाको सिकाइ स्तर सुधार गर्ने उद्देश्यसहित उक्त प्रक्रिया अगाडी बढाएको हो। २०७६ सालमा राष्ट्रिय पाठ्यक्रम प्रारूप कार्यान्वयनमा आएयता पाठ्यक्रम अद्यावधिक नभएको अवस्थामा बदलिँदो शैक्षिक आवश्यकता र समयअनुसार सुधार आवश्यक ठहरिएको हो। यसैबीच, नयाँ सरकारी नीतिअनुसार … Continue reading विद्यार्थीकेन्द्रित पाठ्यक्रम परिमार्जनको तयारी

थप पढ्नुहोस् »

सुनको भाउ बढ्यो

दाङ,२८ असार । आज सुनको भाउ बढेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेको तोलामा ६०० रुपैयाँले बढेका हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुनको भाउ तोलाको दुई लाख ८७ हजार ४०० रुपैयाँ रहेको थियो … Continue reading सुनको भाउ बढ्यो

थप पढ्नुहोस् »

अर्जेन्टिना र इङल्याण्ड सेमिफाइनलमा

काठमाडौ,२८ असार । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलका पछिल्ला खेलमा जित निकाल्दै आर्जेन्टिना र इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्। साबिक विजेता आर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। त्यस्तै सन् १९६६ को विश्वकप विजेता इङ्ल्याण्डले नर्वेलाई २-१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो। अब सेमिफाइनलमा इङ्ल्याण्ड र आर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ। … Continue reading अर्जेन्टिना र इङल्याण्ड सेमिफाइनलमा

थप पढ्नुहोस् »

बझाङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ घाइते

बझाङ,२७ असार ।बझाङमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। जिल्लाको केदारस्यु गाउँपालिका -७ सुगरेस्थित दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्र अन्तर्गत भित्री सडक खण्डमा जिप दुर्घटना भएको हो । जिप दुर्घटनामा परेर दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका–७ की बिमला महत धामी र दुर्गाथली गाउँपालिका–६ की कुटुरीदेवी महतको … Continue reading बझाङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ घाइते

थप पढ्नुहोस् »

आत्मदाह प्रयासका घाइते राउतको पनि मृत्यु

काठमाडौ,२७ असार । आत्मदाहको प्रयासका क्रममा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। आज बिहान काठमाण्डौको बुद्धनगरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । आईसीयूमा राखेर उपचार गरिएकोमा शनिबार (आज)बेलुका … Continue reading आत्मदाह प्रयासका घाइते राउतको पनि मृत्यु

थप पढ्नुहोस् »

जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

कपिलवस्तु,२७ असार । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार ३८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा शिवराज नगरपालिका-५ हाटबजार बस्ने तथा प्युठान नगरपालिका-९ घर भएका २९ वर्षीय सुरेन्द्र खड्का पक्राउ परेका हुन्। उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको जनाएको छ। घटनासम्बन्धी … Continue reading जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

थप पढ्नुहोस् »

फेरि अर्का व्यक्तिले गरे आत्मदाह प्रयास

काठमाडौ,२७ असार । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। प्रहरीका अनुसार ४५ वर्षीय आश्विन राउतले आफ्नै घरको भान्सा कोठामा आगो लगाएका थिए। उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पु¥याइएको थियो। हाल राउतको वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ र अवस्था गम्भीर … Continue reading फेरि अर्का व्यक्तिले गरे आत्मदाह प्रयास

थप पढ्नुहोस् »