समाचार

छुवाछूत उन्मूलन दिवसमा दिप प्रज्वलन

दाङ,२१ जेठ । २० औं राष्ट्रिय जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तुलसीपुरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ। तुलसीपुर उपमहानगरपालिकाले उपमहानगरका नगर प्रमुख तथा दलित विकास समिति संयोजक टिकाराम खड्काको अध्यक्षतामा दिप प्रज्वलन गरेको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले समाज अझै पनि विभेदबाट मुक्त हुन नसकेको बताए। उनले सबै समान भए पनि व्यवहारमा … Continue reading छुवाछूत उन्मूलन दिवसमा दिप प्रज्वलन

थप पढ्नुहोस् »

रोल्पा दुर्घटना अपडेट: मृतक सबैको पहिचान खुल्यो

दाङ,२१ जेठ । रोल्पामा गाडी दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ। दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको थियो। प्रहरीका अनुसार मृतक तीनै जना दाङका हुन्। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–७ का २५ वर्षीय चालक बिरबहादुर चौधरी, दंगिशरण गाउँपालिका–७ का ४० वर्षीय जिउधन चौधरी र उनकी ३८ वर्षीया श्रीमती कमला चौधरी रहेका छन्। … Continue reading रोल्पा दुर्घटना अपडेट: मृतक सबैको पहिचान खुल्यो

थप पढ्नुहोस् »

धवलशम्सेर राणासहित १८३ नेताले गरे राप्रपा त्याग

काठमाडौ,२१ जेठ । राप्रकामा महामन्त्री डा. धवलशम्सेर राणासहित १८३ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका छन्।बिहीबार काठमाडौंमा कार्यक्रम गरी उनीहरूले सामूहिक रूपमा पार्टी त्यागेको घोषणा गरेका हुन्। पहिलो चरणमा राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ र नारायणप्रसाद कोइरालाले पार्टी छोडेका छन्।अन्य पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला तहका नेताहरूले पनि राप्रपा त्यागेका … Continue reading धवलशम्सेर राणासहित १८३ नेताले गरे राप्रपा त्याग

थप पढ्नुहोस् »

विद्यार्थीहरुमा सिकलसेल परीक्षण

दाङ,२१ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा विद्यार्थीहरूको सिकलसेल एनिमिया र थालेसिमिया परीक्षण गरिएको छ। थारु समुदाय बढी बसोबास गर्ने वडा भएकाले सबै विद्यार्थीको जाँच गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा वडा कार्यालय र हेमनगर स्वास्थ्य केन्द्रको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो। हेमनगर स्वास्थ्य केन्द्रका प्रमुख मोहन शर्माका अनुसार थारु समुदायमा यी रोग … Continue reading विद्यार्थीहरुमा सिकलसेल परीक्षण

थप पढ्नुहोस् »

दाङमा चारमा ८ फरार प्रतिवादी पक्राउ

दाङ,२१जेठ । दाङमा चार दिनको अवधिमा ८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न समयमा मुद्दा फैसला भएर फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो। जेठ १६ गतेदेखि १९ गतेसम्मको अवधिमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाबाट १० हजार १ सय रुपैयाँ जरिवाना असुल गरिएको छ। उनीहरूलाई … Continue reading दाङमा चारमा ८ फरार प्रतिवादी पक्राउ

थप पढ्नुहोस् »

घोराहीमा आज शोक बिदा

दाङ,२१ जेठ । घोराही उपमहानगरपालिकाले आफ्ना सवारी चालक निराजन केसीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आज शोक बिदा दिएको ।उपमहानगरपालिकाका अनुसार केसीको हिजो जेठ २० गते असामयिक निधन भएको हो। उनको निधनप्रति दुःख व्यक्त गर्दै आज जेठ २१ गते उपमहानगरपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र पशु सेवा केन्द्रहरूमा बिदा दिइएको छ। यद्यपि अत्यावश्यक सवारी … Continue reading घोराहीमा आज शोक बिदा

थप पढ्नुहोस् »

योजना र बजेट मागबारे छलफल

दाङ,२१ जेठ । राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि लुम्बिनी प्रदेश सरकारसँग माग गर्ने बजेट र योजनाबारे सरोकारवालासँग छलफल गरेको छ। बुधबार भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायी र स्थानीय सरोकारवालाहरू सहभागी थिए। उनीहरूले विकास योजना, पूर्वाधार निर्माण र जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। छलफलमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, सिँचाइ … Continue reading योजना र बजेट मागबारे छलफल

थप पढ्नुहोस् »

सुनचाँदीको भाउ घट्यो

दाङ,२१ जेठ। दुइदिन (मंगलबार र बुधबार) समान रहेको सुनको भाउ आज घटेको छ। आज सुन तोलामा २ सय रुपैयाँले घटेर ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन ३ लाख १० हजार ९ सय रुपैयाँमा थियो। मंगलबार ४ सय रुपैयाँले बढेर ३ लाख ११ हजार ३ सय पुगेको थियो। हिजो … Continue reading सुनचाँदीको भाउ घट्यो

थप पढ्नुहोस् »

छुवाछूत अन्त्य गर्न राष्ट्रपतिको आग्रह

काठमाडौ,२१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले छुवाछूत र जातीय भेदभाव अन्त्य गर्न सबैलाई आग्रह गरेका छन् । आज परेको छुवाछूत उन्मूलन दिवसका अवसरमा उनले सबै नेपालीलाई सुख, शान्ति र सद्भावको कामना गरेका छन् । उनले भने-“सबै मानिस बराबर हुन्, सबैलाई सम्मान गर्नुपर्छ। राम्रो समाज बनाउन हामी सबै मिलेर लाग्नुपर्छ।” विसं २०६३ जेठ २१ गते नेपाललाई … Continue reading छुवाछूत अन्त्य गर्न राष्ट्रपतिको आग्रह

थप पढ्नुहोस् »

रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु

रोल्पा,२१ जेठ । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृतकमध्ये दुई पुरुष र एक महिला रहेका छन्। जस्तापाता र प्लास्टिकका पाइप बोकेको जिप सडकबाट करिब ६ सय मिटर तल खसेको थियो। घटनापछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। मृतकहरूको पहिचान अझै खुल्न सकेको छैन।

थप पढ्नुहोस् »