समाचार

पहिरोमा पुरिएर दुई जनाको मृत्यु

दाङ,२९ असार । पहिरोमा पुरिएर कालिकोटमा दुई जनाको मृत्यु भएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पहिरो जाँदा दुई जनाको मृत्यु भएको हो । सोमबार दिउँसो करिब १ः३० बजे पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरोले पुरिँदा स्थानीय ४६ वर्षीया मन्दिर साउद र ७६ वर्षीय लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। … Continue reading पहिरोमा पुरिएर दुई जनाको मृत्यु

थप पढ्नुहोस् »

शिक्षा अधिकृतमाथि मोबिल छर्कने वडा सदस्य पक्राउ

दाङ,२९ असार ।दाङमा निर्वाचन प्रक्रियाको विषयलाई लिएर शिक्षा अधिकृतमाथि मोबिल छर्कने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका-१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतमाथि मोबिल छर्किएको आरोपमा एक वडा सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही वडाका ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन्। प्रहरीले उनलाई घटनापछि फरार … Continue reading शिक्षा अधिकृतमाथि मोबिल छर्कने वडा सदस्य पक्राउ

थप पढ्नुहोस् »

पपुलिजमले देश रूपान्तरण सम्भव छैन : महासचिव पोखरेल

दाङ,२९ असार। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सस्तो लोकप्रियतावाद (पपुलिजम) र क्षणिक उत्तेजनाबाट देशको वर्तमान संकट समाधान नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य हुने बताएका हुन्। देशमा देखिएका विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मेवारी कमजोर र आचरणगत रूपमा असफल नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो … Continue reading पपुलिजमले देश रूपान्तरण सम्भव छैन : महासचिव पोखरेल

थप पढ्नुहोस् »

लाइसेन्स वितरण,नविकरण र परीक्षा लगायतका सबै सेवा स्थगित

दाङ,२९ असार । यातायात व्यवस्था विभागले लाइसेन्स वितरण सम्बन्धि सबै सेवा केहि समयका लागि स्थगित गरेको छ। विभागको सर्भरमा समस्या आएपछि सेवाहरु स्थगन गर्नु परेको हो। विभागका अनुसार लाइसेन्स वितरण, दुई पाङ्ग्रे सवारी सधानको ब्लुबुक नवीकरण, लिखित परीक्षालगायतका सेवाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ। विभागका प्रवक्ता गणेशमान सिंह राईले दिएको जानकारीअनुसार आर्थिक वर्षको … Continue reading लाइसेन्स वितरण,नविकरण र परीक्षा लगायतका सबै सेवा स्थगित

थप पढ्नुहोस् »

जंगली च्याउ खाँदा चार जना बिरामी

दाङ ,२९ असार । दाङमा जंगली विषालु च्याउ खाँदा गर्दा चार जना बिरामी परेका छन्। बिरामी पर्नेमा दंगीशरण गाउँपालिका-७ श्रीगाउँमा ६० वर्षीया झुमा डाँगी, उनकी २७ वर्षीया बुहारी टिका डाँगी र छिमेकी १७ वर्षीया भुमा खड्का रहेका छन् । उनीहरूले असार २८ गते बेलुका झुमा डाँगीको घरमा पकाइएको च्याउ खाएका थिए। च्याउ सेवनपछि स्वास्थ्य समस्या … Continue reading जंगली च्याउ खाँदा चार जना बिरामी

थप पढ्नुहोस् »

मिडिया हाउसका अगाडी बेवारिसे अवस्थामा गाडी पार्किङ गरि अवरोध

दाङ,२९ असार । काठमाडौंस्थित तीन मिडिया हाउसका कार्यालयअगाडि बेवारिसे अवस्थामा गाडी पार्किङ गरी अवरोध सिर्जना गरिएको पाइएको छ। कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको प्रवेशद्वारअगाडि बिहीबार बिहान करिब ७ बजेदेखि निजी नम्बरका कार पार्किङ गरिएकाले आवतजावतमा समस्या भएको छ। यसका कारण मिडिया हाउसका सवारीसाधन सञ्चालन र पत्रकारहरूको रिपोर्टिङमा समेत अवरोध पुगेको जनाइएको छ। प्रहरीले गेटअगाडि … Continue reading मिडिया हाउसका अगाडी बेवारिसे अवस्थामा गाडी पार्किङ गरि अवरोध

थप पढ्नुहोस् »

बेहोस भएका बालकको उपचारका क्रममा मृत्यु

दाङ,२९ असार । दाङमा एक बालकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको बबई गाउँपालिका-५ खएरभट्टीमा खोला किनारमा एक्कासि बेहोस भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय दीपक सुनारका ७ वर्षीय छोरा प्रिन्स सुनार रहेका छन्। प्रहरीका अनुसार शनिबार अपराह्न करिब ४:३० बजे आफ्नै खेत नजिकको खोलाको किनारमा उनी अचानक बेहोस भएका … Continue reading बेहोस भएका बालकको उपचारका क्रममा मृत्यु

थप पढ्नुहोस् »

३४ जिल्लामा बाढीको जोखिम:सतर्कता अपनाउन आग्रह

दाङ,२९ असार । निरन्तर वर्षाका कारण देशका विभिन्न ३४ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा उच्च जोखिम रहेको छ। यस्तै, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, … Continue reading ३४ जिल्लामा बाढीको जोखिम:सतर्कता अपनाउन आग्रह

थप पढ्नुहोस् »

८० थान भरुवा बन्दुक बरामद

दाङ,२९ असार । जिल्ला प्रहरी कार्यालय प्युठानले चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानबाट ८० थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ। कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार विभिन्न घटनामा प्रयोग भएका तथा लुकाइछिपाइ राखिएका हतियारहरू बरामद गरिएको हो। पछिल्लो ६ महिनायता मात्रै जिल्लाका विभिन्न स्थानबाट ती हतियार फेला पारिएको प्रहरीले जनाएको छ। बरामद … Continue reading ८० थान भरुवा बन्दुक बरामद

थप पढ्नुहोस् »

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

दाङ,२९ असार । ल्हेन्दे खोलामा पानीको सतह बढ्दै लेदोयुक्त बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन आइतबार साँझदेखि बन्द गरिएको छ। आयोजनाका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्युत् उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य भएमा सोमबारबाट पुनः उत्पादन सुरु गरिने उनले जानकारी दिएका छन्। गत वर्ष असार … Continue reading रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

थप पढ्नुहोस् »