समाचार

हिँड्दै गर्दा लडेकी छात्राको मृत्यु

दाङ,२८ वैशाख । हिँड्दै गर्दा अचानक लडेकी एक छात्राको मृत्यु भएको छ । रून्टीगढी गाउँपालिका–१ करेन्टीकी २१ वर्षीया धनसरी कवरको सोमबार लडेर मृत्यु भएको हो । प्रहरीका अनुसार बिहान करिब पौने ८ बजेतिर ट्युसन पढेर फर्किँदै गर्दा घोराही उपमहानगरपालिका–१३ डमुर गाउँमा उनी हिँड्दै गर्दा अचानक लडेकी थिइन् । तत्काल उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएकोमा … Continue reading हिँड्दै गर्दा लडेकी छात्राको मृत्यु

थप पढ्नुहोस् »

बजेट अभावले यस वर्ष पनि गैँडा गणना नहुने

काठमाडौ,२८ वैशाख । बजेट अभावका कारण गएको वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार बजेट अभावसँगै यस वर्ष बाघ गणना पनि परेकाले गैँडा गणना गर्न नसकिएको हो । हरेक चार वर्षमा हुँदै आएको गणनाका लागि भने आगामी वर्षको … Continue reading बजेट अभावले यस वर्ष पनि गैँडा गणना नहुने

थप पढ्नुहोस् »

भ्रष्टाचारमा मुछिए आफ्नै पार्टीले कारबाही गर्छ : सभापति थापा

काठमाडौ, २८ वैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधि भ्रष्टाचारमा मुछिए अख्तियारभन्दा पहिले नै कारबाही गर्ने बताएका छन् । सुर्खेतमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ मा उनले पार्टीका जनप्रतिनिधिहरूलाई सचेत गराउँदै यस्तो बताएका हुन् ।उनले कुनै पनि जनप्रतिनिधि आर्थिक अनियमिततामा संलग्न भएको तथ्य प्रमाणसहित पुष्टि भएमा अख्तियारले कारबाही गर्नुभन्दा … Continue reading भ्रष्टाचारमा मुछिए आफ्नै पार्टीले कारबाही गर्छ : सभापति थापा

थप पढ्नुहोस् »

सरकारलाई जनअपेक्षा पूरा गर्न आग्रह

काठमाडौ,२८ वैशाख । राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले संविधान र कानुनको परिधिभित्र रहेर जनअपेक्षा पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसदहरूले महँगी नियन्त्रण गर्न, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कमला पन्तले सरकारका सकारात्मक काममा समर्थन रहने … Continue reading सरकारलाई जनअपेक्षा पूरा गर्न आग्रह

थप पढ्नुहोस् »

जेनजी आन्दोलनबारे प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौ,२८ वैशाख। जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको छ । हरिहर भवन परिसरमा आयोजित शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागीहरूले ब्यानर र प्लेकार्डसहित विरोध जनाएका थिए । उनीहरूले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन लामो समयसम्म सार्वजनिक नगरेको भन्दै … Continue reading जेनजी आन्दोलनबारे प्रतिवेदन सार्वजनिक गर्न माग

थप पढ्नुहोस् »

भोलिसम्म एसइई नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडाै, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न समयसीमा दिएपछि बोर्डले आवश्यक काम तीव्र बनाएको हो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षार्थीको प्राप्तांक कम्प्युटरमा इन्ट्री गर्ने काम सकिएको छ भने रुजु … Continue reading भोलिसम्म एसइई नतिजा सार्वजनिक गर्ने तयारी

थप पढ्नुहोस् »

स्वास्थ्य बीमा सुधार गर्दै जनमैत्री बनाइँदै : मन्त्री मेहता

काठमाडौं, २८ वैशाख । स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गरेर त्यसलाई व्यवस्थित र जनमैत्री बनाउन सरकारले तयारी गरिरहेको बताएकी छन् । सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ शुभारम्भका क्रममा उनले यस्तो जानकारी दिएकी हुन् । स्वास्थ्य बीमामा केही जटिल समस्या रहेको स्वीकार गर्दै उनले त्यसलाई सरल र प्रभावकारी बनाउने विषयमा मन्त्रालयमा गहन … Continue reading स्वास्थ्य बीमा सुधार गर्दै जनमैत्री बनाइँदै : मन्त्री मेहता

थप पढ्नुहोस् »

पाकिस्तानमा प्रहरी चौकीमा हमला:१५ प्रहरीको मृत्यु

काठमाडौ,२७वैशाख । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक प्रहरी चौकीमा आतंककारी आक्रमण हुँदा १५ प्रहरीको मृत्यु भएको छ । बन्नु मेडिकल एण्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानका अनुसार ज्यान गुमाउने सबै प्रहरी कर्मचारी हुन् । घटनामा घाइते भएका तीन जनालाई अस्पताल ल्याइएको छ र उनीहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ । यसअघि प्रहरी अधिकारी सज्जाद … Continue reading पाकिस्तानमा प्रहरी चौकीमा हमला:१५ प्रहरीको मृत्यु

थप पढ्नुहोस् »

कारले ठक्कर दिँदा २ वर्षीय बालकको मृत्यु

बाँके, २७ वैशाख । बाँकेमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । खजुरा गाउँपालिका–६, उढरापुरमा कारलाई ब्याक गर्ने क्रममा बालकलाई ठक्कर दिँदा उनको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बा.प्र. ००१–०३० च. २८५१ नम्बरको कारले ठक्कर दिँदा स्थानीय सलमान अहमद जोलाहाका छोरा अरहान अहमद जोलाहाको मृत्यु भएको हो । प्रहरी … Continue reading कारले ठक्कर दिँदा २ वर्षीय बालकको मृत्यु

थप पढ्नुहोस् »

भीरबाट लडेर एक वृद्धको मृत्यु

दाङ,२७ वैशाख ।रोल्पामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । गंगादेव गाउँपालिका वडा नं. ३ लोरीबिनिका ७८ वर्षीय टंक बहादुर वलीको शनिबार बिहान भीरबाट लडेर मृत्यु भएको हो । आइतबार बिहान करिब साढे नौ बजे वली आफ्नै घरबाट करिब ५०० मिटर पूर्वतर्फ रहेको बाटोबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ । वली … Continue reading भीरबाट लडेर एक वृद्धको मृत्यु

थप पढ्नुहोस् »