समाचार

रास्वपाले निर्वाचन विथोल्न खोजेको एमालेको आरोप

काठमाडौं,९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन विथोल्न खोजेको आरोप लगाएको छ। शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेले निर्वाचनमा जित हासिल गर्न नसक्ने अवस्था देखिएपछि रास्वपा अस्थिरता सिर्जना गर्ने गतिविधितर्फ लागेको दाबी गरेको हो। एमालेको निर्वाचन प्रचार समितिका संयोजक मिनबहादुर शाहीले रास्वपाले एमालेको झण्डा तथा प्रचार सामग्री जलाउने, घृणा … Continue reading रास्वपाले निर्वाचन विथोल्न खोजेको एमालेको आरोप

थप पढ्नुहोस् »

कांग्रेस–रास्वपा कार्यकर्ताबीच झडप

काठमाडौं,९ फागुन । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच सुनसरीको भोक्राहामा झडप भएको छ। कांग्रेसको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गरेका कार्यकर्तालाई रास्वपाका कार्यकर्ताले गाली गर्न थालेपछि सामान्य भनाभन सुरु भएको र त्यसै क्रममा झडप भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको … Continue reading कांग्रेस–रास्वपा कार्यकर्ताबीच झडप

थप पढ्नुहोस् »

दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु

दाङ, ९ फागुन । दुई मोटरसाइकल आपसमा ठोक्किँदा कैलालीमा तीनजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा परी धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २२ वर्षीय हरिश वली, गौरीगंगा नगरपालिका–१का २५ वर्षीय योगेन्द्र शाह र गोदावरी नगरपालिका–१का २६ वर्षीय हरिश बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका … Continue reading दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु

थप पढ्नुहोस् »

गौर झडपः सवारीसाधनमा आगजनी

काठमाडौँ,९ फागुन। गौरमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादका कारण अवस्था तनावग्रस्त बनेको छ। तीन दिनअघि जन्ती लिएर गएका हिन्दु समुदायका केही व्यक्तिहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको स्थानीय स्रोतले जनाएको छ। शनिबार दुई समूहबीच पुनः झडप हुँदा तीन वटा गाडी र दुई वटा मोटरसाइकलमा आगजनी गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका … Continue reading गौर झडपः सवारीसाधनमा आगजनी

थप पढ्नुहोस् »

झण्डा जलाउने प्रकरणमा थप दुई जना पक्राउ

दाङ, ९ फागुन। दाङको तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाएको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई पक्राउ गरिएको हो। उनीहरू घटना पश्चात् फरार रहेका थिए। … Continue reading झण्डा जलाउने प्रकरणमा थप दुई जना पक्राउ

थप पढ्नुहोस् »

वैदेशिक व्यापार १५.७६% बढ्यो

काठमाडौं,९ फागुन । नेपालको कुल वैदेशिक व्यापार (आयात र निर्यात) चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा १५.७६ प्रतिशतले वृद्धि भई १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागको मासिक तथ्यांकअनुसार साउनदेखि माघसम्म निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा निर्यात … Continue reading वैदेशिक व्यापार १५.७६% बढ्यो

थप पढ्नुहोस् »

झण्डा जलाउने र अराजक गतिविधिप्रति तरुण दल तुलसीपुरको आपत्ति

दाङ,८ फागुन । निर्वाचनको प्रचारप्रसारका क्रममा देखिएको अराजक गतिविधिप्रति नेपाल तरुण दल तुलसीपुर कार्यसमितिले आपत्ति जनाएको छ। तरुण दल तुलसीपुरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रचार–प्रसारका क्रममा देखिएका झण्डा जलाउने, पोष्टर च्यात्ने, सवारीसाधन अवरोध गर्ने तथा हुलहुज्जतजस्ता गतिविधिप्रति आपत्ति जनाएको हो । अध्यक्ष कमल घर्ती र सचिव अजय बुढाथोकीको संयुक्त हस्ताक्षरसहित जारी विज्ञप्तिमा -“फागुन … Continue reading झण्डा जलाउने र अराजक गतिविधिप्रति तरुण दल तुलसीपुरको आपत्ति

थप पढ्नुहोस् »

पार्टीको झण्डा जलाएको आरोपमा तुलसीपुरका एकजना पक्राउ

दाङ,८ फागुन। दाङ प्रहरीले नेकपा एमालेको चुनाव चिन्ह् अंकित झण्डा जलाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा चुनाव चिन्ह् अंकित झण्डा जलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । बिहिबार राति ९ः३० बजे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दाङ आगमनका क्रममा आयोजित स्वागत कार्यक्रममा भीडभाडका बीच केही व्यक्तिले नेपाल कम्युनिष्ट … Continue reading पार्टीको झण्डा जलाएको आरोपमा तुलसीपुरका एकजना पक्राउ

थप पढ्नुहोस् »

प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २२ मा साधारण तारेख

काठमाडौं,८ फागुन। प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले फागुन २२ गतेका लागि साधारण तारेख दिएको छ। रिटकर्तामध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट साधारण तारेख पाएको जानकारी दिएका छन्। यसअघि कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। त्यसपछि … Continue reading प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २२ मा साधारण तारेख

थप पढ्नुहोस् »

वीरेन्द्रको शालिकमाथि गरिएको दुर्व्यवहारप्रति राप्रपा लुम्बिनीको आपत्ति

दाङ,८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको दाङ आगमनका क्रममा तुलसीपुर उपमहानगरपालिका–स्थित वीरेन्द्र चोकमा रहेको राजा वीरेन्द्रको शालिकमाथि केही रास्वपा कार्यकर्ता उभिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रदेश सचिव राजेन्द्र अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटनालाई ‘अपमानपूर्ण र अभद्र’ भन्दै घोर भर्त्सना तथा खेद प्रकट … Continue reading वीरेन्द्रको शालिकमाथि गरिएको दुर्व्यवहारप्रति राप्रपा लुम्बिनीको आपत्ति

थप पढ्नुहोस् »