समाचार

जनप्रतिनिधिलाई प्रचारप्रसारमा नलाग्न निर्वाचन आयोगको आग्रह

दाङ,११ फागुन । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त बनाउन यस्तो निर्देशन दिइएको आयोगले जनाएको छ। आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको छ र यसको पूर्ण पालना गर्नु सबै सरोकारवाला पक्षको दायित्व हो। राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षबाट आचारसंहिता … Continue reading जनप्रतिनिधिलाई प्रचारप्रसारमा नलाग्न निर्वाचन आयोगको आग्रह

थप पढ्नुहोस् »

त्रिशूली बस दुर्घटना : छानबिन समिति गठन, ९ जनाको सनाखत

काठमाडौँ,११ फागुन । गृह मन्त्रालयले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ–७ चरौंदी नजिकै भएको बस दुर्घटनाबारे छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सरोकारवाला निकायसँगको छलफलपछि दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको हो।पोखराबाट काठमाडौं जादै गरेको ग २ ख १४२१ नम्बरको बस सोमबार बिहान सडकबाट करिब २०० मिटर तल … Continue reading त्रिशूली बस दुर्घटना : छानबिन समिति गठन, ९ जनाको सनाखत

थप पढ्नुहोस् »

दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते

दाङ ,११ फागुन । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। लमहीबाट घोराहीतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस सोमबार बिहान करिब पौने ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा चार पुरुष र तीन महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। बस घोराही उपमहानगरपालिका–३ … Continue reading दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते

थप पढ्नुहोस् »

बाजुरामा ३.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं,११ फागुन । बाजुरामा भुकम्प गएको छ। आइतबार राति १२ बजेर १३ मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु बाजुराको रानीखर्क आसपास रहेको थियो। केन्द्रका अनुसार उक्त भूकम्प सामान्य प्रकृतिको रहेको र क्षति पुर्‍याउने खालको नभएको जनाइएको छ। बेलाबखत साना परिमाणका भूकम्प जानु सामान्य प्रक्रिया भएको … Continue reading बाजुरामा ३.९ म्याग्निच्युडको भूकम्प

थप पढ्नुहोस् »

कुल मतदाताभन्दा ४२ लाख बढी मतपत्र छपाई

काठमाडौँ,११ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छापेको जनाएको छ। आयोगका अनुसार देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष र ९२ लाख … Continue reading कुल मतदाताभन्दा ४२ लाख बढी मतपत्र छपाई

थप पढ्नुहोस् »

त्रिशूली नदिमा बस खस्दा १७ को मृत्यु, उद्धार जारी

फागुन, ११ । काठमाडौं । पोखराबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस धादिङमा त्रिशूली नदीमा खस्दा १७ जनाको ज्यान गएको छ।पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख १४२१ नम्बरको बस गएराति करिब साढे १ बजे धादिङ जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्ग अन्तर्गत सडकबाट करिब ३ सय मिटर तल खस्दा दुर्घटना भएको हो। प्रारम्भिक जानकारीअनुसार … Continue reading त्रिशूली नदिमा बस खस्दा १७ को मृत्यु, उद्धार जारी

थप पढ्नुहोस् »

तरुण परिचालन समितिको संयोजकमा जिएम

दाङ,१० फागुन । नेपाल तरुणदल जिल्ला कार्यसमिति दाङले तरुण परिचालन समिती गठन गरेको छ। आसन्न फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरि उक्त समिती गठन गरेको हो । क्षेत्र नं ३ को निर्वाचनलाई सफल बनाउन जिल्ला कार्यसमितिले  जिवि  जिएमलाई तरुण परिचालन समितिको संयोजकमा नियुक्त गरेको छ। प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ का उम्मेदवार … Continue reading तरुण परिचालन समितिको संयोजकमा जिएम

थप पढ्नुहोस् »

बजेटलाई ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ,१० फागुन । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई यथार्थपरक र व्यवस्थित आकारमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले टुक्रे योजना कटौती गरी योजना तर्जुमा निर्देशिका निर्माण गर्ने र मन्त्रिपरिषद्बाट स्वीकृत गराएर कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिए। वार्षिक … Continue reading बजेटलाई ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

थप पढ्नुहोस् »

तीनदिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौँ,१० फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका अवसरमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार २०, २१ र २२ गते बिदा दिन आइतबार सरकारलाई पत्राचार गरिएको हो। यसबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत फागुन २१ गते मतदान हुँदैछ। आयोगको सिफारिसअनुसार निर्णय भए … Continue reading तीनदिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

थप पढ्नुहोस् »

जेनजी आन्दोलनका घाइतेको विवरण बुझाउन निर्देशन

काठमाडौँ,१० फागुन । सरकारले नवयुवा ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण फागुन १५ गतेभित्र उपलब्ध गराउन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार घाइतेहरूको उपचार र राहत वितरणलाई प्रभावकारी बनाउन उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई विवरण पठाउन भनिएको हो। प्राप्त निवेदनमाथि छानबिन गरी अन्तिम नामावली सार्वजनिक गरिने उनले … Continue reading जेनजी आन्दोलनका घाइतेको विवरण बुझाउन निर्देशन

थप पढ्नुहोस् »