समाचार

टिप्परको ठक्करबाट तीनजना घाइते:बुवा र छोरा गम्भीर

दाङ,१८ जेठ । दाङको तुलसीपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् । दुर्घटना हुँदा बुबा र छोरा गम्भीर घाइते भएका छन्। आमाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटना हुँदा लमही नगरपालिका–५ का ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली घाइते भएका हुन्। सोमबार बिहान … Continue reading टिप्परको ठक्करबाट तीनजना घाइते:बुवा र छोरा गम्भीर

थप पढ्नुहोस् »

एक सातामा १६ अभियुक्त पक्राउ

दाङ,१७ फागुन । दाङ प्रहरीले एक हप्तामा १६ जना फरार अभियुक्त पक्राउ गरेको छ। जेठ ८ गतेदेखि १५ गतेसम्म विभिन्न मुद्दामा फरार रहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिएका छन्। पक्राउ परेकाबाट २५ हजार ३०० रुपैयाँ जरिवाना असुल गरिएको छ। साथै उनीहरूलाई ३ वर्ष २ दिन कैद सजाय भुक्तान गराइने प्रहरीले जनाएको … Continue reading एक सातामा १६ अभियुक्त पक्राउ

थप पढ्नुहोस् »

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

काठमाडौ,१७ जेठ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई वटा विधेयक पारित भएका छन्। आजको बैठकमा प्रतिनिधिसभाबाट आएको प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरिएको हो। यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारित गर्न प्रस्ताव राखेकी थिइन्। राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १:१५ बजे … Continue reading राष्ट्रिय सभाबाट दुई विधेयक पारित

थप पढ्नुहोस् »

एकैदिन २० हजार ५ सयले बढ्यो सुनको मूल्य

दाङ,१७ जेठ । सरकारले सुनको भन्सार दर बढाएपछि सुनको मूल्य एकैदिन ह्वात्तै बढेको छ। आइतबार सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि शुक्रबार सुनको मूल्य २ लाख ९० हजार ६०० रुपैयाँ थियो। सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुनको … Continue reading एकैदिन २० हजार ५ सयले बढ्यो सुनको मूल्य

थप पढ्नुहोस् »

रुकुम पश्चिममा अन्तरजिल्ला समन्वय बैठक

रुकुम पश्चिम ,१७ जेठ । रुकुम पश्चिममा तीन जिल्लाबीच अन्तरजिल्ला समन्वय बैठक बसेर आपसी सहकार्य र समन्वय बढाउने सहमति गरिएको छ। शनिबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा भएको बैठकमा डोल्पा, जाजरकोट र रुकुम पश्चिमका प्रतिनिधि सहभागी थिए। बैठकमा सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन र नागरिक सेवाका विषयमा सहकार्य गर्ने निर्णय गरिएको हो। बैठकमा भेरी करिडोरअन्तर्गत … Continue reading रुकुम पश्चिममा अन्तरजिल्ला समन्वय बैठक

थप पढ्नुहोस् »

टिकटकर तुलसा अधिकारी पक्राउ

काठमाडौ,१७ जेठ । टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी) पक्राउ परेकी छन्। इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएपछि उनलाई थाइल्यान्डमा पक्राउ गरिएको हो।उनीमाथि ‘तुलसा कलेक्सन’ नाममा ठगी गरेको आरोप छ। पक्राउपछि उनलाई शनिबार काठमाडौँ ल्याइएको छ। हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।उनीविरुद्ध जिल्ला अदालत ललितपुरमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी … Continue reading टिकटकर तुलसा अधिकारी पक्राउ

थप पढ्नुहोस् »

बुबाले गरे छोराको हत्या

काठमाडौ,१७ जेठ । घरायसी विवादका क्रममा नवलपुरको गैंडाकोटमा बुबाले आफ्नै छोराको हत्या गरेका छन्। गैंडाकोट नगरपालिका–१५ चिन्तामणी टोलका ६३ वर्षीय डम्मर गिरीले ४३ वर्षीय छोरा शंकर गिरीमाथि खुर्पा प्रहार गरेका हुन्। शनिबार राति करिब १० बजे बुबा–छोराबीच सामान्य भनाभनबाट सुरु भएको विवाद चर्किँदा डम्मर गिरीले छोराको टाउकोमा खुर्पाले प्रहार गरेका थिए। गम्भीर घाइते भएका शंकरलाई … Continue reading बुबाले गरे छोराको हत्या

थप पढ्नुहोस् »

मुस्ताङमा लेक लागेर १३ पर्यटकको मृत्यु

काठमाण्डौ,१७ जेठ । मुस्ताङमा लेक (उचाइको असर) लागेर चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ९ जना विदेशी र ४ जना नेपाली पर्यटक रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उच्च उचाइका कारण अक्सिजन कम हुँदा यस्तो समस्या देखिने गर्छ। मृत्यु हुनेमा नेपालीतर्फ ३ पुरुष र १ महिला तथा विदेशीमा … Continue reading मुस्ताङमा लेक लागेर १३ पर्यटकको मृत्यु

थप पढ्नुहोस् »

नेकपा संयोजक दाहाल अस्पताल भर्ना

काठमाडौ,१६ जेठ । । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। ज्वरो र रुघाखोकी बढेपछि उनलाई आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनका निजी सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्। दाहालमा टाइफाइडको लक्षण देखिएको र केही दिन अस्पतालमै राखेर उपचार गरिने जनाइएको छ।

थप पढ्नुहोस् »

सगरमाथा आरोहणका क्रममा ७ जनाको मृत्यु

काठमाडौ,१६ जेठ। सन् २०२६ को वसन्त याममा सगरमाथासहित विभिन्न हिमाल आरोहणका क्रममा हालसम्म ७ जनाको मृत्यु भएको छ। पर्यटन विभागका अनुसार मृत्यु हुनेमा २ जना भारतीय आरोही पनि रहेका छन्। सगरमाथा आरोहण सफल गरेर फर्किने क्रममा भारतीय नागरिक अरुणकुमार तिवारी र सन्दीप आरेको ज्यान गएको हो। त्यस्तै, खुम्बु आइसफल क्षेत्रमा ३५ वर्षीय गाइड विजय घिमिरेको … Continue reading सगरमाथा आरोहणका क्रममा ७ जनाको मृत्यु

थप पढ्नुहोस् »