समाचार

घट्यो सुनको मूल्य

दाङ,१६ असार। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट … Continue reading घट्यो सुनको मूल्य

थप पढ्नुहोस् »

दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते: एकको अवस्था गम्भीर

दाङ, १५ असार। तुलसीपुर एयरपोर्ट नजिकै दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक असिम हमालका अनुसार तुलसीपुर उपमहानगरपालिका–१२ का २८ वर्षीय भुवन केसीको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा २४ वर्षीय रोषण बस्नेतको अवस्था मध्यम छ। सोमबार बिहान करिब … Continue reading दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते: एकको अवस्था गम्भीर

थप पढ्नुहोस् »

यात्रु तानातान गर्ने दुई चालक पक्राउ

दाङ, १५ असार । प्रहरीले यात्रु तानातान गर्ने सवारी चालकलाई तुलसीपुरबाट पक्राउ हरेको छ। यात्रु तानातान गरी हैरानी दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले दुई जना सवारी चालकलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उक्त भिडियो सार्वजनिक भएसँगै अनुसन्धान सुरु गरिएको थियो। त्यसपछि खटिएको प्रहरी टोलीले लु.प्र.०१-००११६८ नम्बर र लु.प्र.०१-००१२६ नम्बरका सवारी … Continue reading यात्रु तानातान गर्ने दुई चालक पक्राउ

थप पढ्नुहोस् »

दाइको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

बाँके, १५ असार । आफ्नै सहोदर दाइको हत्या गरी नहरमा फाल्ने एक युवक पक्राउ परेका छन्। बाँके जिल्लाको कोहलपुर नगरपालिका–४ गोहवामा आइतबार साँझ करिब ७ बजे २० वर्षीय बिनोद चौधरीले अन्दाजी २६ वर्षीय आफ्नै सहोदर दाइ मनोज चौधरीलाई कुटपिट गरी हत्या गरेका थिए। हत्या पश्चात् उनले शव नजिकैको नहरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि … Continue reading दाइको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

थप पढ्नुहोस् »

मंगलबारसम्म देशभर मनसुन फैलिने सम्भावना

दाङ, १५ असार । देशभर मनसुन विस्तार हुने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबारसम्म सबै क्षेत्रमा फैलिने सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिसम्म मनसुन पुग्ने अनुमान गरिएको छ। यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते पूर्वी क्षेत्रबाट … Continue reading मंगलबारसम्म देशभर मनसुन फैलिने सम्भावना

थप पढ्नुहोस् »

सुनचाँदीको मूल्य घट्यो

काठमाडौ १५ असार। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुनको मूल्य तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको थियो। पछिल्ला दिनमा मूल्यमा उतारचढाव देखिँदै आएको छ। त्यस्तै, … Continue reading सुनचाँदीको मूल्य घट्यो

थप पढ्नुहोस् »

दलित महिलालाई सर्फ बनाउने तालिम

दाङ,१५ असार। दाङको दंगीशरणमा महिलाहरुका लागि सर्फ बनाउनेको समापन गरिएको छ ।महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने लक्ष्यसहित सञ्चालन गरिएको तालिमको समापन गरिएको हो। दंगीशरण गाउँपालिका-२ मा दलित महिलालाई लक्षित गर्दै तीनदिने सर्फ (लुगा धुने पाउडर) बनाउने आधारभूत सञ्चालन भएको थियो। वडा कार्यालयको आयोजना, गाउँपालिकाको सहयोग तथा हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहजीकरणमा असार १२ देखि … Continue reading दलित महिलालाई सर्फ बनाउने तालिम

थप पढ्नुहोस् »

आज धान दिवस: लुम्बिनीमा २० प्रतिशत मात्र धान रोपाइँ

दाङ,१५ असार । आज असार १५, राष्ट्रिय धान दिवस। “मुरी फलाउन मानो रोप्ने” दिनका रूपमा मनाइने यस अवसरमा किसानहरू खेतखेतमा धान रोपाइँमा व्यस्त देखिएका छन्। यस वर्ष समयमा पर्याप्त वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्तामा रहेका किसानलाई आज बिहानदेखि परेको वर्षाले केही राहत दिएको छ। वर्षासँगै रोपाइँको गति पनि बढ्ने अपेक्षा गरिएको छ। लुम्बिनी प्रदेश … Continue reading आज धान दिवस: लुम्बिनीमा २० प्रतिशत मात्र धान रोपाइँ

थप पढ्नुहोस् »

वन, वातावरणका विषयमा अन्तरक्रिया: जलवायु संकटका विषयमा सावर्जनिक चासो

दाङ, १५ असार। जलवायु परिवर्तनको प्रभाव प्रतिदिन बढ्दै जाँदा यसको प्रत्यक्ष असर वन क्षेत्र हुँदै जनजीवनसम्म फैलिन थालेको छ। वन तथा पर्यावरण क्षेत्रमा देखिएको प्रतिकुल प्रभावको विषय पछिल्लो समय सार्वजनिक चासोको विषय पनि बनेको छ । पछिल्ला वर्षहरूमा देखिएको मौसमको असन्तुलन, बेमौसमी वर्षा, अत्यधिक गर्मी र भूमिगत पानीको सतह घट्दै जानुले दाङसहित देशका विभिन्न क्षेत्रमा … Continue reading वन, वातावरणका विषयमा अन्तरक्रिया: जलवायु संकटका विषयमा सावर्जनिक चासो

थप पढ्नुहोस् »

उपमेयर राना मगरको सडक दुर्घटनामा निधन

प्यूठान,१४ असार। स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको सवारी दुर्घटनामा परेर निधन भएको छ। आफ्नै गाडी चलाइरहेका उनी शनिबार बेलुकी दुर्घटनामा परेका हुन्। प्रहरीका अनुसार बेलुकी करिब पौने ५ बजेतिर लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी–२ बाङ्गेशाल क्षेत्रमा करिब ४०० मिटर तल खसेको थियो। दुर्घटनाका बेला गाडीमा उनी एक्लै सवार थिए। भीरालो र अप्ठेरो भूगोलका … Continue reading उपमेयर राना मगरको सडक दुर्घटनामा निधन

थप पढ्नुहोस् »