समाचार

आज लागुऔषध दुरुपयोगविरुद्ध अन्तरराष्ट्रिय दिवस

दाङ,१२ असार। आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। समाजमा लागुऔषधको प्रयोगबाट उत्पन्न गम्भीर असरबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस प्रत्येक वर्ष मनाउने गरिन्छ। राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा प्रस्ताव पारित गरेपछि जुन २६ लाई यस दिवसका रूपमा मनाउन थालिएको हो। लागुऔषधमुक्त समाज निर्माणका लागि अन्तरराष्ट्रिय … Continue reading आज लागुऔषध दुरुपयोगविरुद्ध अन्तरराष्ट्रिय दिवस

थप पढ्नुहोस् »

गैरसरकारी संस्था महासंघको जिल्ला सचिवमा भण्डारी

दाङ, १२ असार । गैरसरकारी संस्था महासंघ नेपाल, दाङ शाखाले नयाँ नेतृत्व चयन गरेको छ। महासंघको आठौँ जिल्ला अधिवेशनबाट गणेश भण्डारी सचिव पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । घोराहीमा सम्पन्न अधिवेशनले राप्ती परोपकार संघ, नेपालका कार्यक्रम संयोजकका रूपमा सक्रिय भण्डारीलाई सचिवको जिम्मेवारी सुम्पिएको हो।नवनिर्वाचित कार्यसमितिले संस्थालाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी ढंगले अघि बढाउने … Continue reading गैरसरकारी संस्था महासंघको जिल्ला सचिवमा भण्डारी

थप पढ्नुहोस् »

ढुङ्गाले लागेर डोजर चालकको मृत्यु

कालीकोट,११ असार । कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकखण्डमा भीरबाट खसेको ढुङ्गा लाग्दा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार रास्कोट नगरपालिका–८ का १८ वर्षीय बाबुराम टमटा डोजर चलाइरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो। सडक निर्माणको काम भइरहेका क्रममा अचानक भीरबाट ढुङ्गा खसेर उनलाई लागेको प्रहरीले जनाएको छ। … Continue reading ढुङ्गाले लागेर डोजर चालकको मृत्यु

थप पढ्नुहोस् »

सरकारले कक्षा १२ को उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने

काठमाडौ,११ असार । कक्षा १२ को नतिजाप्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढेपछि सरकारले उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षणसँगै परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन गरेको हो। शिक्षामन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमार्फत मन्त्रालयका उपसचिव तथा पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको जानकारी … Continue reading सरकारले कक्षा १२ को उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने

थप पढ्नुहोस् »

ग्रिनेड विस्फोट हुँदा सेनाका जवानको मृत्यु , एक गम्भीर घाइते

कैलाली,११ असार। कैलालीमा ग्रिनेड विस्फोट हुँदा एक जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। नेपाली सेनाको नियमित तालिमका क्रममा भएको विस्फोटमा परेर नेपाली सेनाका हुद्दा पदमा कार्यरत हिमाल विक्रम बिष्टको मृत्यु भएको हो । उनको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै घाइते सहसेनानी हिमराज जोशीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं … Continue reading ग्रिनेड विस्फोट हुँदा सेनाका जवानको मृत्यु , एक गम्भीर घाइते

थप पढ्नुहोस् »

बंगलाचुलीको बजेट ६२ करोड ८१ लाखः शिक्षा र पूर्वाधारमा प्राथमिकता

दाङ,११ असार। बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड ८१ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले दोस्रो गाउँसभाको नवौं अधिवेशनमा उक्त बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, खानेपानी, सुशासन तथा सामाजिक समावेशीकरणलाई मुख्य प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। कुल बजेटमध्ये … Continue reading बंगलाचुलीको बजेट ६२ करोड ८१ लाखः शिक्षा र पूर्वाधारमा प्राथमिकता

थप पढ्नुहोस् »

श्रीमानको कुटपिटबाट घाइते श्रीमतीको मृत्यु

गुल्मी,११ असार। श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–५ रातामाटाकी ३७ वर्षीया मुना कुमाललाई उनका ४१ वर्षीय श्रीमान यमबहादुर कुमालले मादक पदार्थ सेवन गरी दाउराको चिर्पटलगायतले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। मंगलबार राति करिब साढे ११ बजे भएको उक्त घटनाबारे प्रहरीले बुधबार बिहान साढे ७ बजे … Continue reading श्रीमानको कुटपिटबाट घाइते श्रीमतीको मृत्यु

थप पढ्नुहोस् »

बालसुधार गृहबाट फरार बन्दी रोल्पाबाट पक्राउ

दाङ,११ असार। बाँकेको नौंबस्तास्थित बालसुधार गृहबाट फरार एक जना बन्दी रोल्पाबाट पक्राउ परेका छन्। रोल्पाको रुन्टीगढी गाउँपालिका–२ स्थित आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा उनलाई बुधबार बेलुका करिब ५ बजे प्रहरीले नियन्त्रणमा लिएको हो। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक मनिष थापा र अस्थायी प्रहरी पोष्ट सुर्पालबाट प्रहरी सहायक निरीक्षक बलबहादुर परियारको नेतृत्वमा … Continue reading बालसुधार गृहबाट फरार बन्दी रोल्पाबाट पक्राउ

थप पढ्नुहोस् »

बजेटप्रति असन्तुष्टि भएपछि लुम्बिनी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

दाङ,११ असार। लुम्बिनी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आर्थिक वर्ष २०८३/८४ का लागि बिनियोजित बजेटप्रति व्यापक असन्तुष्टि व्यक्त भएपछि लुम्बिनी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। बुधबार पनि बैठक बस्न सकेन । बिहीबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठकसमेत बस्न सकेन। सांसदहरूले बजेटप्रति तीव्र असन्तुष्टि जनाएपछि बैठक सञ्चालन … Continue reading बजेटप्रति असन्तुष्टि भएपछि लुम्बिनी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

थप पढ्नुहोस् »

दुई नाल भरुवा बन्दुक बरामद

दाङ, १० असार । रोल्पामा बेवारिसे अवस्थामा लुकाई–छिपाई राखिएका दुई वटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बुधबार दिउँसो करिब ४ बजे सुनिलस्मृति गाउँपालिका–६ गरगरेस्थित सल्लेरी पाखा सामुदायिक वन क्षेत्रमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारेको हो। प्रहरीका अनुसार वनभित्र चिलाउनेको रुखको जरामा काठ र फलामबाट बनेका, सिलिङ … Continue reading दुई नाल भरुवा बन्दुक बरामद

थप पढ्नुहोस् »