समाचार

झिमरुक खोलामा डुबेका बालकको मृत्यु

प्यूठान, २ जेठ । खोलामा डुबेर घाइते भएका बालकको मृत्यु भएको छ । प्यूठान जिल्लाको प्युठान नगरपालिका–१ खैराका १४ वर्षीय नोबेल आचार्य खोलामा डुबेर घाइते भएका थिए । उद्धारपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हरि भट्टराईका … Continue reading झिमरुक खोलामा डुबेका बालकको मृत्यु

थप पढ्नुहोस् »

वडासचिवलाई धम्की दिने ‘जेनजी अभियन्ता’ पक्राउ

काठमाडौ,२ जेठ। आफूलाई ‘जेनजी अभियन्ता’ भन्दै दैलेखका एक वडासचिवलाई धम्की दिने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौले दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको आरोपमा प्रकाश खड्कालाई पक्राउ गरेको हो । काठमाडौ प्रहरी परिसरका प्रमुख रमेश थापाका अनुसार खड्काले आफूलाई प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित व्यक्ति भन्दै वडासचिव भण्डारीलाई एक सिफारिसका … Continue reading वडासचिवलाई धम्की दिने ‘जेनजी अभियन्ता’ पक्राउ

थप पढ्नुहोस् »

अमेरिकालाई हराउँदै नेपालको शानदार जित

काठमाडौ,२ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाली टोलीले जित हासिल गरेको छ । नेपाल राष्ट्रिय क्रिकेट टोलीले अमेरिका राष्ट्रिय क्रिकेट टोली लाई ९ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३।३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको थियो । १९६ रनको … Continue reading अमेरिकालाई हराउँदै नेपालको शानदार जित

थप पढ्नुहोस् »

त्रिविको शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवार तय

काठमाडौ,२ जेठ।त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी तोकिएको छ । त्रिविका उपकुलपति प्राडा. सुशील बज्राचार्यले शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी तोकेका हुन्। उपकुलपति बज्राचार्यले विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाललाई शिक्षाध्यक्ष र व्यवस्थापन संकायका डिन प्रा.डा.महानन्द चालिसे लाई रजिस्ट्रारको जिम्मेवारी दिएका हुन् । उपकुलपति बज्राचार्यका अनुसार शुक्रबारदेखि उनीहरूलाई जिम्मेवारी दिइएको हो । कुलपति … Continue reading त्रिविको शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवार तय

थप पढ्नुहोस् »

चार जीपीए ल्याउने विद्यार्थीलाई सम्मान

दाङ, २ जेठ । पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयले एसइई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले कार्यक्रम आयोजना गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो । यस वर्ष विद्यालयबाट ९६ जना विद्यार्थी एसइई परीक्षामा उत्तीर्ण भएका छन् । तीमध्ये रमेश सापकोटा, सन्तोष भण्डारी र श्रीधर रिजालले ४ जीपीए प्राप्त गरेका … Continue reading चार जीपीए ल्याउने विद्यार्थीलाई सम्मान

थप पढ्नुहोस् »

५६ लाखभन्दा बढीको भेप बरामदः सात जना पक्राउ

काठमाडौ,२ जेठ । प्रहरीले ५६ लाख ७० हजार रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) सहित सात जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको तातोपानी नाकाबाट प्रहरीले भोटेकोशी गाउँपालिका–३ गंजेखोलाबाट १ हजार ६२० थान भेप बरामद गरेको हो। चीनतर्फको जंगल क्षेत्र हुँदै बोक्चेन भएर कोदारी राजमार्गसम्म ल्याइँदै गरेको अवस्थामा भेप फेला परेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय कोदारीका … Continue reading ५६ लाखभन्दा बढीको भेप बरामदः सात जना पक्राउ

थप पढ्नुहोस् »

रास्वपाकोे आज देशभर वडा भेला

दाङ,२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा भेला आयोजना गरेको छ। पार्टीले तदर्थ समिति गठन नभएका वडामा भेला सञ्चालन गरिएको जनाएको छ। आजको भेलामार्फत ती वडामा तदर्थ समिति गठन गरिने रास्वपाले जानकारी दिएको छ।रास्वपा अहिले पहिलो महाधिवेशनको तयारीमा जुटिरहेको छ। सोही तयारीअन्तर्गत पार्टीले संगठन विस्तार अभियानलाई तीव्र बनाएको हो। पार्टीको पहिलो महाधिवेशन … Continue reading रास्वपाकोे आज देशभर वडा भेला

थप पढ्नुहोस् »

दुई दिन बिदापछि विद्यालयमा नयाँ समय व्यवस्थापन

दाङ,२ जेठ। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि विद्यालय तहको पठनपाठन सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ व्यवस्था गरेको छ। मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा भएपछि केन्द्रले कार्यघण्टा मिलाउने तयारी गरेको हो। नयाँ व्यवस्थापछि विद्यालय सञ्चालन हुने पाँच दिनमै तोकिएको पाठ्यघण्टा पूरा … Continue reading दुई दिन बिदापछि विद्यालयमा नयाँ समय व्यवस्थापन

थप पढ्नुहोस् »

प्रादेशिक अस्पतालको अध्यक्षमा लामिछानेको पुनः नियुक्ति

दाङ ,१ जेठ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अस्पताल विकास समिति अध्यक्षमा महेन्द्र लामिछाने पुनः नियुक्त भएका छन्। लुम्बिनी प्रदेश सरकारले उनलाई पुनः अध्यक्षमा नियुक्त गरेको हो। यसअघि पनि उनलाई सोही पदमा नियुक्त गरिएको थियो। तर, अघिल्लो नियुक्ति अदालतले बदर गरेको थियो। त्यसपछि सरकारले फेरि उनलाई अध्यक्षमा नियुक्त गरेको जनाएको छ।

थप पढ्नुहोस् »

घोराहीमा पनि अबदेखि आइतबार विद्यालय बन्द हुने

दाङ, १ जेठ । घोराही उपमहानगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले देशभरका विद्यालयमा एकरूपता कायम गर्न निर्देशन दिएपछि उपमहानगरपालिकाले सो निर्णय परिवर्तन गरेको हो। यसअघि पठनपाठनमा भएको क्षति न्यूनीकरण गर्न भन्दै आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको थियो। तर केन्द्रले पाठ्यक्रम, मूल्याङ्कन … Continue reading घोराहीमा पनि अबदेखि आइतबार विद्यालय बन्द हुने

थप पढ्नुहोस् »