समाचार

टेम्पो भिरबाट खसाल्ने घटनामा वन अधिकृत र जमदारविरुद्ध मुद्दा दर्ता

कैलाली,२ असार । एक महिलाको टेम्पो भिरबाट खसालिएको घटनामा दुई जना वनकर्मीविरुद्ध मुद्दा दर्ता गरिएको छ।प्रहरीका अनुसार वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइएको हो। घटनामा नियन्त्रणमा लिइएका १२ जनामध्ये बाँकी १० जनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पीडितको जाहेरीका … Continue reading टेम्पो भिरबाट खसाल्ने घटनामा वन अधिकृत र जमदारविरुद्ध मुद्दा दर्ता

थप पढ्नुहोस् »

सुन महँगियो, चाँदी सस्तियो

दाङ,२ असार । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भई २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २०० रुपैयाँ कायम भएको थियो। … Continue reading सुन महँगियो, चाँदी सस्तियो

थप पढ्नुहोस् »

साढे १ अर्बले घटेर आयो लुम्बिनीको बजेट

दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन्।प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ तथा चालुतर्फ ११ अर्ब … Continue reading साढे १ अर्बले घटेर आयो लुम्बिनीको बजेट

थप पढ्नुहोस् »

अमेरिकामा स्काईडाइभिङ विमान दुर्घटना: पाइलटसहित १२ जनाको मृत्यु

काठमाडौ,१ असार । अमेरिकाको मिसौरी राज्यमा स्काईडाइभिङका लागि उडेको एक सानो निजी विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित १२ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतबार बिहान भएको दुर्घटनामा विमानमा सवार सबैको घटनास्थलमै ज्यान गएको अधिकारीहरूले जनाएका छन्। मिसौरीको बट्स काउन्टीस्थित बट्लर मेमोरियल विमानस्थलबाट उडेको केही क्षणमै ‘प्यासिफिक एरोस्पेस ७५० एक्सएल’ विमानले नियन्त्रण गुमाएको बताइएको छ। उक्त … Continue reading अमेरिकामा स्काईडाइभिङ विमान दुर्घटना: पाइलटसहित १२ जनाको मृत्यु

थप पढ्नुहोस् »

शिक्षक सरुवासम्बन्धि ३ बुँदे निर्देशन जारी

काठमाडौ,१ असार । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले शिक्षक सरुवा सम्बन्धी ३ बुँदे निर्देशन जारी गरेको छ। महाशाखाले सोमबार देशभरका स्थानीय तहहरूलाई पत्राचार गर्दै स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न निर्देशन दिएको हो। यस्तै, … Continue reading शिक्षक सरुवासम्बन्धि ३ बुँदे निर्देशन जारी

थप पढ्नुहोस् »

बुधबारसम्म गर्मी कायमै रहने

दाङ,१ असार । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा पर्सि बुधबारसम्म तातो दिनको अवस्था कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ती क्षेत्रहरूमा पर्याप्त वर्षा नहुँदा तापक्रम उच्च रहने र गर्मीको प्रभाव अझै केही दिन कायम रहने देखिएको छ। आज, भोलि र पर्सिसम्म देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ … Continue reading बुधबारसम्म गर्मी कायमै रहने

थप पढ्नुहोस् »

सुत्केरी बोकेको बोलेरो दुर्घटना हुँदा आठजना घाइते

रोल्पा,१ असार । रोल्पामा सुत्केरी बोकेर जाँदै गरेको बोलेरो दुर्घटना भएको छ। सोमबार बिहान करिब १ बजे रुन्टिगढी गाउँपालिका–७ सालिवाङ क्षेत्रमा उक्त जिप दुर्घटनामा परेको हो। जिप दुर्घटना हुदा आठजना घाइते भएका छन् । रुन्टिगढी–६ डुब्रिङ गोठीवनबाट वडा नम्बर ८ तल्लो लापुतर्फ सुत्केरी लैजाँदै गर्दा जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी … Continue reading सुत्केरी बोकेको बोलेरो दुर्घटना हुँदा आठजना घाइते

थप पढ्नुहोस् »

२७ वर्षीय युवक खेतमा मृत फेला

दाङ,३१ जेठ । बाँकेको कोहलपुरस्थित एक खेतमा २७ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बैजनाथ गाउँपालिका–५ का टिकाराम थापा आइतबार बिहान कोहलपुर नगरपालिका–१५ चनहवास्थित खेतमा मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी अघिल्लो दिन मात्रै भारतबाट स्वदेश फर्किएका थिए। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले शव नियन्त्रणमा लिएको … Continue reading २७ वर्षीय युवक खेतमा मृत फेला

थप पढ्नुहोस् »

लुम्बिनीको बजेट भोलि: ३८ अर्बको बजेट ल्याउने तयारी

दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट भोलि (असार १ गते) प्रस्तुत गर्ने तयारी गरेको छ। प्रदेशसभाको चालु अधिवेशनअन्तर्गत हुने बैठकमा बेलुका ५ बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रदेश सरकारले सीमित स्रोतसाधन र बढ्दो दायित्वलाई ध्यानमा … Continue reading लुम्बिनीको बजेट भोलि: ३८ अर्बको बजेट ल्याउने तयारी

थप पढ्नुहोस् »

घाँस काट्ने क्रममा लडेर २१ वर्षीय युवतीको मृत्यु

प्युठान,३१ जेठ । प्यूठानमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ। नौबहिनी गाउँपालिका–५ गावै माझटोलकी २१ वर्षीया दुर्गा गिरीको आइतबार बिहान अँधेरीखोला नजिकै भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान करिब ८ बजे घाँस काट्दै गर्दा उनी लडेकी थिइन्। घटनाबारे स्थानीयले करिब १० बजे सूचना दिएपछि प्रहरी टोली घटनास्थल … Continue reading घाँस काट्ने क्रममा लडेर २१ वर्षीय युवतीको मृत्यु

थप पढ्नुहोस् »