समाचार

युवाहरूका लागि तीन दिने नेतृत्व विकास तालिम सुरु

दाङ,६ असार । दाङको दंगीशरण गाउँपालिका–६ श्रीगाउँमा युवाहरूका लागि तीनदिने नेतृत्व विकास तालिम सुरु भएको छ। दंगीशरण गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा तुलसीपुर मिडिया प्रा.लि.को आयोजनामा सञ्चालन भएको उक्त तालिम शुक्रबारदेखि सुरु भएको हो। तालिमको उद्देश्यबारे जानकारी दिँदै तुलसीपुर मिडिया प्रालिका प्रबन्ध निर्देशक दर्शन आचार्यले वर्तमान समयमा युवाहरूमा नेतृत्व विकास क्षमता अभिवृद्धि … Continue reading युवाहरूका लागि तीन दिने नेतृत्व विकास तालिम सुरु

थप पढ्नुहोस् »

सातै प्रदेशमा ब्लु बस सन्चालन गर्ने सरकारको तयारी

काठमाडौ,६ असार । सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ। कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यसअन्तर्गत काठमाडौं उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सात वटा बस ‘ब्लु बस’का रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। उपत्यका बाहिर … Continue reading सातै प्रदेशमा ब्लु बस सन्चालन गर्ने सरकारको तयारी

थप पढ्नुहोस् »

बस दुर्घटना हुदा १ जनाको मृत्यु,३० जना घाइते

काठमाडौ,६ असार । स्टाफ बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। प्रहरीका अनुसार महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको बा २ ख ६४३८ नम्बरको बस शुक्रबार बिहान करिब ८ः५० बजे अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खस्दा दुर्घटना भएको हो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। … Continue reading बस दुर्घटना हुदा १ जनाको मृत्यु,३० जना घाइते

थप पढ्नुहोस् »

दुईवटा अटो आपसमा ठोकिँदा नौ जना घाइते

दाङ,६ असार । दाङको तुलसीपुरमा दुईवटा अटो आपसमा ठोकिएर दुर्घटना भएको छ। दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–१३ स्थित सानो लेख नजिक दुईवटा अटो एक आपसमा ठोकिएका हुन् दुर्घटनामा घाइते भएका सबैको उपचार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था तथा परिचय खुल्न बाँकी रहेको छ। प्रहरीका अनुसार दुर्घटनाको … Continue reading दुईवटा अटो आपसमा ठोकिँदा नौ जना घाइते

थप पढ्नुहोस् »

१५ दिने नेल आर्ट तालिमको समापन

दाङ,५ असार । दाङको दंगीशरण गाउँपालिकास्थित श्रीगाउमा १५ दिने नेल आर्ट तालिम सम्पन्न भएको छ। महिला लक्षित सीप विकास कार्यक्रम अन्तर्गत दंगीशरण गाउँपालिका–६ मा सञ्चालन गरिएको १५ दिने आधारभूत नेल आर्ट तालिम सम्पन्न भएको हो। तुलसीपुर मिडिया प्रा.लि.को आयोजना तथा दंगीशरण गाउँपालिका–६ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको तालिम शुक्रबार सम्पन्न भएको हो। तालिममा … Continue reading १५ दिने नेल आर्ट तालिमको समापन

थप पढ्नुहोस् »

श्रीमतीमाथि रड प्रहारपछि छतबाट हाम्फालेर श्रीमानको मृत्यु

झापा,५ असार । झापाको बिर्तामोडमा श्रीमतीमाथि आक्रमण गरेपछि एक वृद्धले घरको तेस्रो तलाबाट हाम्फाल्दा मृत्यु भएको छ।बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकका ७२ वर्षीय घिरेन राजवंशीले शुक्रबार बिहान करिब ५ः३० बजे घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीमाथि फलामको रडले प्रहार गरेको प्रहरीले जनाएको छ। रड प्रहारबाट पेटमा चोट लागेकी गंगामुनीलाई तत्काल उपचारका लागि बिर्तासिटी … Continue reading श्रीमतीमाथि रड प्रहारपछि छतबाट हाम्फालेर श्रीमानको मृत्यु

थप पढ्नुहोस् »

प्यूठानमा भीरबाट लडेर एकको मृत्यु, करेन्ट लागेर युवक गम्भीर

प्यूठान। प्यूठानमा दुई छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–६ लुङलेखका ५१ वर्षीय मतबहादुर केसीको भीरबाट लडेर मृत्यु भएको हो। गुल्मीबाट घर फर्किँदै गर्दा लुङलेखस्थित गोरेटो बाटोबाट करिब १५० मिटर तल घोप्टे भीरमा लडेर बिहीबार साँझ उनको ज्यान गएको प्रहरीले जनाएको छ। … Continue reading प्यूठानमा भीरबाट लडेर एकको मृत्यु, करेन्ट लागेर युवक गम्भीर

थप पढ्नुहोस् »

स्काउट दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना

दाङ,५ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्काउटको ७५ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्र निर्माण, सामाजिक सेवा तथा युवा नेतृत्व विकासमा स्काउटको योगदान प्रशंसनीय रहेको बताएका छन्। उनले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमार्फत जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यका साथ वि.सं. २००९ सालदेखि नेपालमा स्काउट अभियान … Continue reading स्काउट दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना

थप पढ्नुहोस् »

प्रि-मनसुनमा ४५ वर्षयताकै उच्च वर्षा

काठमाडौ,५ असार । यस वर्षको प्रि-मनसुन अवधिमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको तथ्य सार्वजनिक भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष औसतभन्दा निकै बढी वर्षा मापन गरिएको हो। विभागका अनुसार प्रि-मनसुन याममा नेपालमा औसत २२६ दशमलव ३ मिलिमिटर वर्षा हुने गर्दछ। तर यस वर्ष भने औसतको १४५ दशमलव ५ प्रतिशत अर्थात् … Continue reading प्रि-मनसुनमा ४५ वर्षयताकै उच्च वर्षा

थप पढ्नुहोस् »

सुनको मुल्यमा भारी गिरावट

दाङ,५ असार । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सुन प्रतितोला १० हजार ५०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ। बिहीबार भने सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्यमा पनि … Continue reading सुनको मुल्यमा भारी गिरावट

थप पढ्नुहोस् »