समाचार

दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र प्रदर्शन हुँदै

दाङ,२ असार । स्थानीय कथावस्तु र कलाकारलाई प्राथमिकता दिँदै दाङ र रोल्पामा छायांकन गरिएका दुई नेपाली चलचित्र दाङमै प्रदर्शन हुने भएका छन्। यसलाई स्थानीय फिल्म उद्योगको प्रवर्द्धनतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ। ब्ल्याक सुल्पा प्रोडक्सन प्रालिले निर्माण गरेका ‘इहिरी द हन्टर’ र ‘द रिच्युअल’ नामक चलचित्रहरू असार ५ गतेदेखि १२ गतेसम्म घोराहीस्थित होटल डोकोको माइक्रो … Continue reading दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र प्रदर्शन हुँदै

थप पढ्नुहोस् »

संघीयता सुदृढीकरणतर्फ महत्वपूर्ण कदम:मुख्यमन्त्री आचार्य

दाङ,२ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विशेषाधिकार समितीमार्फत संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाउने बताएका छन्। मंगलबार प्रदेश सभाका विशेषाधिकार समितिहरूबीचको समन्वय, अनुभव आदानप्रदान र साझा सिकाइले बलियो आधार निर्माण गरेको उनले बताएका हुन् । लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा दाङको राप्ती उपत्यकास्थित लुम्बिनी सभाहलमा मंगलबारदेखि सुरु भएको राष्ट्रिय सम्मेलनको उद्घाटन … Continue reading संघीयता सुदृढीकरणतर्फ महत्वपूर्ण कदम:मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

राप्ती प्रादेशिक अस्पताल र दंगीशरण दरबार विकासका लागि ४/४ करोड बजेट विनियोजन

दाङ,२ असार। लुम्बिनी प्रदेश सरकारले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटमा अस्पताललाई २०० शैयाको बनाउने लक्ष्यसहित स्तरोन्नतिको कार्यक्रम समेटिएको हो। यस्तै तुलसीपुर उपमहानगरपालिका–११ सकौरास्थित ऐतिहासिक दंगीशरण थारु राजाको दरबार क्षेत्रको संरक्षण तथा विकासका लागि पनि चार करोड रुपैयाँ बजेट छुट्याइएको … Continue reading राप्ती प्रादेशिक अस्पताल र दंगीशरण दरबार विकासका लागि ४/४ करोड बजेट विनियोजन

थप पढ्नुहोस् »

प्रहरीको जग्गामा बनेका घर आफैं खाली गर्दै स्थानीय

दाङ,२ असार । इलाका प्रहरी कार्यालय तुलसीपुरको अतिक्रमित जग्गा खाली गर्ने प्रक्रिया सुरु भएको छ। स्थानीय बासिन्दाले प्रहरीसँगको सहमतिपछि आफैं घर खाली गर्न थालेका हुन्। कार्यालयको उत्तरतर्फ करिब २ कठ्ठा जग्गा अतिक्रमणमा परेको थियो, जहाँ ९ वटा घर निर्माण गरिएका थिए। ती सबै घरधनीले अहिले सामान सार्दै जग्गा खाली गर्न थालेका इलाका प्रहरी कार्यालय तुलसीपुरका … Continue reading प्रहरीको जग्गामा बनेका घर आफैं खाली गर्दै स्थानीय

थप पढ्नुहोस् »

मन्त्रीहरु हाजिरी गरेर निस्किएपछि संसद स्थगित

काठमाडौ,२ असार । प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूको अनुपस्थितिका कारण अवरोध भएको छ । विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि छलफल भइरहेका बेला सम्बन्धित मन्त्रीहरू बैठकमा सहभागी नभएपछि सोमबारको बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो। बैठकमा सांसद गोपाल शर्माले नियमावलीअनुसार मन्त्रीहरू उपस्थित हुनुपर्ने भए पनि अनुपस्थित रहेको भन्दै प्रश्न उठाएका थिए। उनले सम्बन्धित मन्त्री बिना … Continue reading मन्त्रीहरु हाजिरी गरेर निस्किएपछि संसद स्थगित

थप पढ्नुहोस् »

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

काठमाडौ,२ असार । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारको टोलीले उनलाई त्रिपुरेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो। विभागको ३०१ नम्बर कोठाबाट उनलाई नियन्त्रणमा लिइएको सुरक्षा स्रोतले जनाएको छ। राहदानी छपाइसम्बन्धी अनियमितताको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको आयोगका एक उच्च अधिकारीले बताएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको … Continue reading राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

थप पढ्नुहोस् »

टेम्पो भिरबाट खसाल्ने घटनामा वन अधिकृत र जमदारविरुद्ध मुद्दा दर्ता

कैलाली,२ असार । एक महिलाको टेम्पो भिरबाट खसालिएको घटनामा दुई जना वनकर्मीविरुद्ध मुद्दा दर्ता गरिएको छ।प्रहरीका अनुसार वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइएको हो। घटनामा नियन्त्रणमा लिइएका १२ जनामध्ये बाँकी १० जनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पीडितको जाहेरीका … Continue reading टेम्पो भिरबाट खसाल्ने घटनामा वन अधिकृत र जमदारविरुद्ध मुद्दा दर्ता

थप पढ्नुहोस् »

सुन महँगियो, चाँदी सस्तियो

दाङ,२ असार । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भई २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २०० रुपैयाँ कायम भएको थियो। … Continue reading सुन महँगियो, चाँदी सस्तियो

थप पढ्नुहोस् »

साढे १ अर्बले घटेर आयो लुम्बिनीको बजेट

दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन्।प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ तथा चालुतर्फ ११ अर्ब … Continue reading साढे १ अर्बले घटेर आयो लुम्बिनीको बजेट

थप पढ्नुहोस् »

अमेरिकामा स्काईडाइभिङ विमान दुर्घटना: पाइलटसहित १२ जनाको मृत्यु

काठमाडौ,१ असार । अमेरिकाको मिसौरी राज्यमा स्काईडाइभिङका लागि उडेको एक सानो निजी विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित १२ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतबार बिहान भएको दुर्घटनामा विमानमा सवार सबैको घटनास्थलमै ज्यान गएको अधिकारीहरूले जनाएका छन्। मिसौरीको बट्स काउन्टीस्थित बट्लर मेमोरियल विमानस्थलबाट उडेको केही क्षणमै ‘प्यासिफिक एरोस्पेस ७५० एक्सएल’ विमानले नियन्त्रण गुमाएको बताइएको छ। उक्त … Continue reading अमेरिकामा स्काईडाइभिङ विमान दुर्घटना: पाइलटसहित १२ जनाको मृत्यु

थप पढ्नुहोस् »